समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुधाम । चिकित्सकको लापरवाहीका कारण जनकपुर अंचल अस्पतालमा फेरि एक बिरामीको मृत्यु भएको छ । आइतवार दिउँसो करीब साढे ३ बजे सामान्य ज्वरो भई उपचारका लागि आएका जनकपुरधाम उपमहानगरपालिका ४ उतिमपुर निवासी इन्द्रेस चौधरीका अन्दाजी १७ वर्षिय छोरा शिवम चौधरीको उपचारमा लापरवाहीका कारण मृत्यु भएको आरोप लगाइगको छ ।

शिवमलाई शुरूमा इमरजेन्सीमा भर्ना गरिएको थियो, त्यसको दुई घण्टापछि वार्डमा पठाइ दियो त्यहां कुनै चिकित्सकले हेरेन र उपचार पनि नगरेको गुनासो पिडीत पक्षले गरेका छन् । पिडितका भाइ कृष्णा चौधरीले जनाए अनुसार इमरजेन्सीमा स्लाइन चढाएपछि वार्ड पठायो यहाँ कसैले हेरेन, अवस्था बिग्रिदै मृत्यु हुन गएपछि अस्पताले मृत्यु भएको पुर्जा थमाई दियो ।

इमरजेन्सी पुर्जामा कुन कुन औषधि प्रयोग गरिएको लेखिएको छैन भने कार्डियो प्लामीनरका कारण मृत्यु भएको छ । घटना पश्चात् पीडीत पक्षले अस्पताल विरूद हो-हल्ला गरिरहेका छन भने वार्डमा कुनै नर्स कम्पाउण्डर सहितको कर्मचारी छैन ।

मृतक शिवम ५ दिनदेखि ज्वरोकाे बिरामी थियो स्थानीय चिकित्सक आनन्द मिश्रा कहाँ उपचार भइरहेको थियो रूटिन चेकअपको क्रममा उनलाई आज अंचल अस्पतालमा रेफर गरेको थियो । पिडित पक्षले दोषी चिकित्सक र अस्पताल प्रमुखलाई कारवाहीको माग गरेका छन । अस्पतालमा तनाव बढेपछि सुरक्षाकारी तैनात गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here