समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


चन्द्रदेव साह
जनकपुरधाम, २४ मंसिर ।

त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान श्रीराम र माता जानकीको विवाह सम्पन्न भएको संस्मरण प्रत्येक वर्ष जनकपुरमा मनाइने साताव्यापी विवाहपञ्चिमी महोत्सवमा भारतको अयोध्याबाट घोडा चढेर जन्ती जनकपुर आईपुगेका छन् ।
विवाहपञ्चमीमै जन्ती पक्षबाट उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी २६ गते जनकपुर आउने कार्यक्रम छ ।


भारत उत्तर प्रदेश अयोध्याबाट घोडा तथा सवारीसाधनमा आएका जन्तीलाई धनुषाको जटहीबाट गाजाबाजाका साथ जानकी मन्दिर ल्याईएको छ । जानकी मन्दिरको पूर्वनिधारित कार्यक्रम अनुसार जन्तीलाई नेपाल भारत सिमामा स्वागत गर्दै जनकपकुर ल्याएका हुन् । घोडा चढेर आएका जन्ती जनकपुर नगर परिक्रमा गराएको छ । यस वर्षको विवाहपञ्चमी मंसिर २६ गते परेको छ । विवाहपञ्चमीमा ५ सय विशिष्ट र ५ हजार जन्ती सहभागि हुने अनुमान छ ।


अयोध्याबाट आएका जन्ती जनकपुरमा हुने सम्पूर्ण वैवाहिक कार्यक्रममा हुनेछ । त्रेतायुगमा भगवान रामले सोही मार्ग प्रयोग गरेको भन्ने धार्मिक विश्वासका साथ सोही मार्ग प्रयोग गरी जन्ती आउने प्रचलन छ । बीचबाटोमा जन्तीहरुलाई स्वागत गरिन्छ ।


उत्तर प्रदेशका मुख्यमन्त्री योगी विवाहपञ्चमीका दिन जनकपुर आउने निश्चित भएपछि स्वागत तयारी तिव्र पारिएको छ ।


यसैगरी, विवाहपञ्चमी अन्तर्गत सोमबार तिलकोत्सव मनाईएको छ । तिलकोत्सवमा जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णव राजा जनक र राममन्दिरका महन्थ रामगिरी महाराजा दशरथको भूमिकामा सम्धी मिलन गर्ने परम्परा रहेको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here