समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, १ माघ । महोतरीको जलेश्वर नगरपालिका वडा नं। ४ स्थित सुगा टोलमा कम्बल विरतण गरिएको छ । मिथिला बिहारी राज रतन सेवाश्रम सुगा भवानी पट्टीको आयोजनामा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, सविता कायस्थ तथा सम्पुर्ण कायस्थ परिवारको सहयोगमा सुगा टोलमा ११० थान न्यानो कम्बल प्रदेश प्रमुख कायस्थ तथा सबिता कायस्थले वितरण गर्नुभएको हो ।

कम्बल वितरणमा सहयोग पुरयाउने जलेश्वर ४ का वडा अध्यक्ष लोकेन्द्र लाल कर्णका अनुसार उक्त कम्बलहरु एकल महिला, अपाङ्ग, गरिब, दलित तथा बृद्धबृद्धाहरुलाई एक कार्यक्रमका बिच वितरण गरिएको हो ।

उक्त कार्यक्रममा प्रदेश प्रमुख कायस्थले आफ्नो पैतृक गाउँ सुगामा रहेको निजी निवास तथा जग्गाहरु सेवाश्रमको माध्यमबाट निजी गुठीलाई दान दिई समाजका लागि प्रयोग गर्न दिईने घोषणा समेत गर्नुभएको छ । साथै उहाँले गाउँको विकासका बिषयमा बिभिन्न योजनाहरु ल्याउने बिचार पनि प्रकट गर्नुभएको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here