समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


डिके सिंह

जनकपुरधाम, २९ फागुन ।

बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतले विद्यार्थीहरुलाइ खिर खुवाउँदै दिवा खाजाको सुरुवात गरेका छन । बटेश्वर गाउँपालिका वाडा नम्बर १ स्थित श्री मटुक महतो रंकी देवी आधारभूत विद्यालय जनमुक्तिनगरमा आइतवारदेखि दिवा खाजा खुवाउन गाउँपालिका अध्यक्ष आफै पुगेका छन ।

विद्यार्थीहरुलाई टिफिनको समयमा विद्यालयमै प्रति विद्यार्थी १५ रुपैयाको दरले नेपाल सरकार स्थानिय तहमा विद्यार्थीहरुको लागि रकम निकासा गरेपछि विद्यालयमा वर्षौदेखि दिवा खाजा कार्यक्रम लागु हुन सकेको थिएन । बटेश्वर गाउँपालिका र विद्यालयका प्रधानाध्यापक रामवृक्ष महतोको विशेष पहलमा गत आइतवारदेखि दिवा खाजाको सुरुवात गरिएको छ ।

दिवा खाजाको सुरुवात गर्दै अध्यक्ष राउतले बालबालिकाहरुलाई पौष्टिक तत्व पाउने गरि विभिन्न प्रकारको खाजा खुवाउने र विद्यालयमा अनियमित हुने विद्यार्थीहरु खाजा कार्यक्रमपछि नियमित हुने विश्वास लिएको बताएका छन ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here