समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


काठमाडौं, २९ मंसिर ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका भेट्रान बलर शक्ति गौचनले क्रिकट खेलबाट सन्यासको घोषणा गरेका छन् ।
किर्तिपुरमा जारी एभरेष्ट प्रिमियर लिग (इपीएल) मा पोखरा राइनोजबाट खेलेका शक्तिले शनिबारबाट आफ्नो खेलाडी जीवनको अन्य गरका हुन् । पोखरा राइनोज इपीएलको समूह चरणबाट बाहिरिएको छ ।

झण्डै २० बर्ष लामो क्रिकट खेलको करियरबाट उनले विश्राम लिएका हुन् । नेपाली क्रिकेटको हरेक सफलतामा जोडिएका ३४ बर्षीय शक्तिले सन्यास घोषणा गरेपनि आफू क्रिकेटबाट टाढा भने नहुने बताएका छन् ।

‘क्रिकेटबाट म टाढा हुन सक्दिन । यही खेलको कुनै न कुनै भूमिकामा रहेर नेपाली क्रिकेटको विकासमा काम गर्नेछु,’ शक्तिले भने । नेपाली क्रिकेटलाई डिभिजन ५ देखि टी–२० विश्वकप पुर्याउन र एकदिवसिय मान्यता दिलाउँदा शक्ति नेपाली टोलीको मुख्य सारथी थिए ।
उनको अन्तर्रा्ष्ट्रिय खेल भने नेदरल्यान्डसविरुद्धको पहिलो एकदिवसिय क्रिकेट श्रृखंला अन्तिम बन्यो ।

नेपाल क्रिकेट संघ (क्यान) अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को प्रतिबन्धमा परेका कारण शक्तिको विदाई भब्य भने हुन सकेन । निजि क्षेत्रको प्रतियोगिता इपीएललाई नै शक्तिले सन्यास लिने उपयुक्त थलोको रुपमा प्रयोग गरे । शक्ति खेलुन्जेल नेपाली क्रिकेटका लागि शक्ति नै भए ।

सन् २००२ देखि सिनियर टोलीबाट अन्तर्रा्ष्ट्रिय क्रिकेट खेल्न सुरु गरेका शक्ति ह्याट्रिक लिने पहिलो खेलाडी हुन् । टी–२० बरियतामा हाल ७७ औं स्थानमा रहेका शक्तिले अन्तर्रा्ष्ट्रिय क्रिकेटमा सतक पनि हानेका छन् । सन् २००५ को विश्वकप छनोट अन्तर्गत इटलीविरुद्ध उनले एक सय ६ रन बनाएका थिए ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here