समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, १ माघ ।

प्रदेश नं.२ मा प्रदेशको नामाकरण, राजधानीको विषयमा चर्को बहस चलिरहेको छ ।

गत कार्तिक ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले नीति आयोगका उपाध्यक्षसमेत रहेका डा. हरिवंश झा संयोजक रहनेगरी तीन सदस्यीय आयोग गठन गरेको थियो । आयोगमा मोहनलाल चौधरी र रामप्रवेश बैठा सदस्य छन् ।

प्रदेशको राजधानी वीरगन्ज वा जनकपुर राजधानी कहाँ राख्ने भनेर विवाद हुँदै आएको थियो । वीरगञ्जबासीले राजधानीका लागि दाबी गर्दा सङ्घीय सरकारले प्रदेश २ को अस्थायी राजधानी जनकपुरलाई तोकेपछि वीरगञ्ज असन्तुष्ट बन्दै आन्दोलित भएका थिए ।

संविधान प्रदतः प्रदेशसभाबाट दुई तिहाईको आधारमा राजधानी र नामाकरण टुङग्याउने अधिकार हुँदा हुँदै प्रदेश सरकारले सुझाव संकलन आयोग गठन गरेर सुझाव संकलनको कार्य जारी राखेको छ ।

प्रदेश सभामा नाम र राजधानी टुङगाउन आयोगलाई सुझाव संकलनको लागि जिम्मवारी दिईएकोमा सुझाव संकलन आयोगको कुनै तुक नभएको प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले आरोप लगाउँदै आएको बेलामा आयोगका संयोजक डा. हरिवंश झासँग आयोगको काम कर्तव्यको केन्द्रि रही जनकपुर टाईम्सको टाईम्स बिषेशमा गरिएको कुराकानी :

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here