समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, २९ पुस ।

पटक पटक विवदमा पर्दै आएका प्रदेश नं. २ का उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई सोही प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले हातपात गरेका छन् ।

सभामुख सरोज यादवकै अगाडि मन्त्री यादवले आफ्नै कार्यकक्षमा सचिव झालाई हातपात गरेका हुन् । मन्त्रीबाट कुटिएपछि सचिव झाले मन्त्रालयमै केही समय वितण्डा मच्चाएका थिए ।

मन्त्री यादवबाट कुटिएपछि सचिव झाले मन्त्रालयमै मन्त्रीलाई जथाभावी अपशब्द प्रयोग गर्दै वितण्डा मच्चाएका छन् ।

(भिडियोमा हेर्नुहोस सविच झाले मन्त्रालयमै मच्चाएको वितण्डा र कर्तुत)भिडियो (सचिव झा)

https://www.youtube.com/watch?v=KESu_yNNMjs

सचिव झालाई यसअघि महोत्तरी जिल्लाको जिल्ला वन अधिकृत हुँदा स्थानीयले कालोमोसो समेत दलेका थिए । यसअघि कर्णाली प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री नन्द बुढाले आफूलाई नटेरेको भन्दै सचिव झालाई गत जेठ महिनामा केन्द्रको वन तथा वातावरण मन्त्रालयमा फिर्ता पठाएका थिए । कर्णाली प्रदेशमा रहदा पनि सचिव झाले आफ्नै हरकताका कारण दुव्र्यवहार भोगेको बताइएको छ ।

कर्णाली प्रदेशबाट फिर्ता पठाईपछि वन अनुसन्धान तथा तालिम केन्द्रमा उपमहानिर्देशकको रुपमा कार्यरत सचिव झालाई गत असोजमा प्रदेश २ को मन्त्रालयमा सचिवको रुपमा पठाएको थियो । विवादित छविका सचिव झा यसअघि पनि विभिन्न ठाउँमा दुव्र्यवहार भोगिसकेका छन् ।

सचिव झामाथी हातपात गरेपछि मन्त्री यादवले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिएका छन् । उनले सचवि झाले समान्य पदीय मर्यादाको समेत ख्याल नगरेकोले सामान्य विवाद भएको बताएका छने । मन्त्री यादवले भने,–‘आफु लगायत सभामुख जीको समेत पदीय मर्यादाको ख्याल नगरी आफु लोकल भएको र आफु यसक्षेत्रको ‘डन’ भएको धाक लगाएपछि सामान्य सबक सिकाएको छु ।’

भिडियो (विजय यादव)

https://www.youtube.com/watch?v=NbjUMK44PvA


हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here