समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।



जनकपुरधाम । प्रदेश २ सरकारद्वारा सञ्चालित योजनाको रकम फुत्काउन किर्ते उपभोक्ता समिति गठन गरिएको प्रकरणमा संलग्न रहेको आरोपमा पूर्वसांसद एवम् राजपा नेपालका केन्द्रिय सदस्य वीपी यादवलाई पक्राउ गरेको छ ।

सप्तरीका एसपी राजेन्द्र बिष्टका अनुसार किर्ते प्रकरणमा यादवको संलग्नता देखिएपछि थप अनुसन्धानका लागि बिहीबार उनलाई नियन्त्रणमा लिएको हो । यादव पहिलो संविधानसभाको निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालाबाट समानुपातिक सभासद् थिए ।

रातो पासपोर्ट काण्डमा मुछिएका उनी अहिले राजपा नेपकाका केन्द्रिय सदस्य छन् । किर्ते काण्डमा संलग्न अन्यको खोजी भइरहेको बिष्टले बताए ।

भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका २ र ३ मा पर्ने सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत २५ लाख रुपैयाँको योजनामा किर्ते समितिमार्फत बैंक खातासमेत खोलिएको पाइएको थियो ।

केही दिनअघि काम सुरु हुन थालेपछि स्थानीय बासिन्दा कुन निकायबाट भइरहेको हो भन्ने बुझ्न गाउँपालिका कार्यालय पुगेका थिए । गाउँपालिकाले पनि जानकारी नरहेको बताएपछि खोजी सुरु भएको थियो ।त्यस क्रममा गाउँपालिकाको नक्कली लेटर प्याडमा समिति बनाइएको र त्यसैका आधारमा राजविराजस्थित पूर्वाधार विकास कार्यालयमा सम्झौता भएको खुलेको हो ।

( कान्तिपुरबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here