समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


काठमाडौं । जापानमा सन् २०१९ को सेप्टेम्बर महिनामा आयोजना हुने रग्बी विश्वकप ट्रफी बिहिबार सगरमाथाको आधार शिविरमा प्रदर्शनी गरिएको छ । बुधबारमात्र नेपाल भ्रणमा ल्याईएको ट्रफी बिहिबार सगरमाथाको आधार शिविर कालापत्थरमा प्रदर्शनी गरिएको हो ।

रग्बीको विश्वकप ट्रफी टुर अन्तर्गत नेपालमा पनि ल्याईएको हो । ट्रफी शुक्रबार विश्व सम्पदा सूचीमा रहेका काठमाडौंको स्वयम्भुनाथ, बौद्धनाथ, पशुपति र पाटन दरबार स्क्वारमा प्रदर्शनी गरिने कायक्रम रहेको नेपाल रग्वी संघले जनाएको छ  ।

मंसिर २२ गते टुँडिखेलमा रग्वी फेस्टिभलसँगै ट्रफीको प्रदर्शनी गरिनेछछ । फेस्टिभलमा स्कुल रग्वी प्रतियोगिता, महिला रग्वी सेभेन, पुरुष रग्वी प्रतियोगिता र लाइभ कन्सर्ट समेत हुने आयोजकले जनाएको छ ।  ट्रफी टुरको अन्तिम दिन मंसिर २३ गते राष्ट्रपति लगायत विशिष्ट व्यक्तित्वसँग फोटो खिच्ने र प्रदर्शनी गरिने कार्यकम छ ।

नेपालमा पहिलोपटक रग्बीको विश्वकप ट्रफी ल्याईएको हो । नेपालमा यसअघि विश्वकप फुटबल र विश्वकप क्रिकेटको ट्रफी टुर गराईएको थियो । रग्वी विश्वकप सन् २०१९ को सेप्टेम्बरमा जापानमा हुँदैछ । विश्वकपमा देशको सहभागिता रहनेछ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here