प्रहरीले हस्तक्षेत्रप गर्न थालेपछि झडप

समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


किशोर कुमार मंडल

जनकपुरधाम १६ माघ।

नेविसंघको नेता तथा कार्यकर्ताहरुलाई तत्काल रिहाईको माग गर्दै जनकपुरधाममा नेविसंघ रा.रा.ब.ईकाई कमिटिले बृहत्त विरोध प्रदर्शन गरेका छन् ।

चिकित्सा शिक्षा विद्येयक पारितको विरोधमा प्रर्दशनमा उत्रिँदा पक्राउ परेका नेविसंघ नेता तथा कार्यकर्ताहरुलाई तत्काल रिहाई गर्न माग गर्दै प्रदर्शन गरेका छन् । नेविसंघ रा.रा.ब. ईकाई कमिटि अध्यक्ष सुजित यादवको नेतृत्वमा जनकपुरको रेल्वे स्टेसनबाट निस्केको मशाल जुलुश भानुचोक , शिव चोक हुंदै नगरको विभिन्न भागको परिक्रमा गर्दै जनक चोक पुगेर कोण सभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेवि संघका नेता पुष्पेन्द्र गोईतले जनतालाई सुरक्षा दिन नसकेका केपी ओली नेतृत्वको सरकार असफल भएको बताएका छन । उनले निर्मला पन्त हत्यारालाई सरकार संरक्षण दिनमा लागेको बताएका छन ।

कार्यक्रममा तरुण दल धनुषाका उपाध्यक्ष राकेशबिक्रम साहले वाईडबडी घोटालामा लिप्त सरकार गरिब जनतालाई न्याय दिन नसक्नु दुःखद रहेको बताए । उनले नैतिकताका आधारमा सरकारले राजीनामा दिनुपर्ने मांग गरेका छन ।

कार्यक्रममा नेवि संघका नेता संजय यादवले शान्तिपुर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप खेदजनक रहेको बताए । कार्यक्रममा सयौंको संख्यामा नेवि संघका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

जुलुश शुरु भए लगतै प्रहरीले हस्तक्षेप गर्न थालेपछि नेवि संघका नेता कार्यकर्ताहरुबिच केही बेर झडप समेत भएको थियो ।

भिडियाे यहाँ :-

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here