समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, ३ माघ ।

नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीले काँग्रेसलाई मजबुत बनाउन अपिल गरेका छन् । बुधवार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता जोशीले काँग्रेस मजबुत नभए प्रजातन्त्र कमजोर बन्ने तर्क गरे ।

पुर्व उधोगमन्त्री समेत रहेका नेता जोशीले अहिले काँग्रेस कमजोर भएको स्वीकार पनि गरेका छन् । उनले संशोधन संशोधनको पक्षमा काँग्रेस रहेको भन्दै संविधान जारी गर्नुका साथै संघीयता पनि काँग्रेसले नै ल्याएको दावी गरे । उनले भने– मधेस मात्र नभएर समग्र नेपालको पक्षमा काँग्रेस काम गरेको छ । तर त्यो कुरा जनतालाई सम्झाउन नसक्दा अहिले कमजोर बन्यो ।

जनसिद्ध नागरिकका सन्तानले नागरिकताबाट बंचित भएको विषयमा काँग्रेसको धारणा के छ भन्ने संचारकर्मीको जिज्ञासामा उनले केहि बोलेनन । उनी चुप लागेपछि काँग्रेस जिल्ला सभापति महेश शंकर गिरीले जनसिद्ध नागरिकका सन्तानलाई बंशज नागरिकता दिनुपर्ने पक्षमा काँग्रेस रहेको बताए । उनले नागरिकताबाट बंचित व्यक्तिलाई अविलम्ब नागरिकता प्रदान गर्न पनि संघीय सरकारसँग माग गरे ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here