समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, ५ माघ । धनुषामा करेन्ट लागेर दुई युवाको मृत्यू भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ स्थित कुवा रामपुरमा ११ हजार भोल्ट करेन्ट भएको नाङ्गो तारमा करेन्ट लागेर दुई युवाको मृत्यु भएको हो । मृत्यु हुनेमा सिरहा घर भई हाल जनकपुर बस्दै आएका जगरनाथ साह र धनुषा मिथिलेश्वर मौवाहीका परमेश्वर मण्डल रहेका छन् । नेपाल विद्युत प्राधिकरणको चरम लापरवाहीका कारण उनीहरुको मृत्यू भएको बताइएको छ । जग्गा हेर्न गएको बेला ज ८ प ७७०९ नम्बरको बुलेट मोटरसाईकलको लेगार्ड नाङ्गो तारमा टाँसेपछि मोटरसाईकलबाट उत्रेका युवालाई अर्का युवाले बचाउँन खोज्दा दुवैको घटनास्थलमै मृृत्यु भएको हो। नेपाल विधुत प्राधिकरणको जनकपुर स्थित कार्यालयमा एघार हजार भोल्टको नाङ्गो तार आफ्नो खेतमा खसेको गुनासो पटक पटक गर्दा पनि प्राधिकरणले कुनै चासो नदेखाएको बताइएको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here