समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम २० पुष ।

धनुषाको कमला नगरपालिका वडा नं. ८ हरिनेमा समाजवादी युवा फोरम नेपालको वडा कमिटी गठन गरिएको छ ।

कमला नगरपालिका वडा नं. ८ हरिनेको उपस्वास्थ्य चौकी सोनापाराको प्राङगनमा शुक्रबार फोरम नेपालको भातृ संगठन समाजवादी युवा फोरमको १५ सदस्यीय वडा समिति गठन गरिएको हो । कमला नगरपालिका वडा नं. ८ का वडाध्यक्ष राजेश्वर मरिक यादवको अध्यक्षतामा भएको भेलालाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपाल धनुषाको युवा नेता बिनोद रोहिताले कुनै पनि संगठनको मेरुदण्ड युवाहरु नै भएकोले युवा एकता माथी जोड दिदै संगठन विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले युवाहरू समाज परिवर्तनको संवाहक रहेकोले युवाहरूलाई राजनीतिमा आउन आग्रह गरे । भेलाबाट उमेश कुमार यादवको अध्यक्षतामा १५ सदस्यीय समाजवादी युवा फोरम नेपालको वडा कमिटी गठन भएको जनाएको छ ।

गठित समितिको उपाध्यक्षमा बिनोद कुमार मण्डल, कोषाध्यक्षमा जितेन्द्र यादव, सचिबमा सरोज मरिक यादव, सह सचिबमा रोशन साह सर्वसम्मतिले चयन भएका हुन् ।

त्यस्तै सदस्यहरुमा नारद यादव, भरत यादव, दिनेश कुसैत, कौशल यादव, धर्मेशवर यादव, राम कुमार सल्हैता, ध्यानी महरा, सरोज कुमार यादव, शत्रुधन यादव, संगिता यादवलाइ चयन गरिएको हो ।कार्यक्रममा वडा सदस्य मनिष कुमार गोइत, वडा सदस्य राम जीवन यादव, ओम प्रकाश मण्डल, सबध महरा, पप्पु गोइत लगायतका सहभागिता थियो ।

कमला नगरपालिकामा समाजवादी युवा फोरम नेपाल गठनका लागि बिन्दी लाल महतोलाई निर्वाचन प्रतिनिधिको जिम्मेवारी दिएको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here