समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, २५ माघ ।

धनुषाको सोनापारामा शतचण्डी महायज्ञ एवं श्रीमद भागवत कथा यज्ञ हुने भएको छ । कमला नगरपालिका वडा नं.८ सोनापारा पुरानो कमला नदिमा श्री श्री १०८ श्री शतचण्डी महायज्ञ एवं श्रीमद भागवत कथा यज्ञ हुने भएको हो ।

उक्त भागवत कथा तथा यज्ञको धनुषा निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सांसद उमाशंकर अरगरियाले उद्घाटन गर्नेछन् । माघ २७ गते सरस्वती पुजाको दिन देखी सुरु हुने उक्त यज्ञको संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा प्रमुख सचेतक समेत रहेका सांसद अरगरियाले उद्घाटन गर्ने भएका हुन् ।

कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव, प्रदेश २ का फोर,नेपालका प्रमुख सचेतक शैलेन्द्र कुमार यादव ज्यू लगायतको उपस्तिथि रहनेछ ।

साथै सोही दिन सोनापारामा नै आन्तरिक मामिला तथा कानुन मन्त्री यादवले प्रहरी चौकीको समेत शिलान्यास गर्ने समेत आयोजकले जनाएको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here