समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरटाईम्स डेस्क

जनकपुरधाम, २६ फागुन ।

प्रदेश २ सरकारले जनकपुरधामस्थित कबिर बाल वत्सल्य अनाथ आश्रमलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । आइतबार मुख्यमन्त्री लालबाबु राउतले आफैं आश्रममा पुगेर संचालक सन्त सत्यनारायण आलोकलाई ५ लाख रुपैयाको चेक हस्तान्तरण गरेका छन् ।

सो अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले आफ्नो निजी जीवनलाई परित्याग गरि अनाथ बालबालिकाको पालन पोषण गरिरहेका आलोकको प्रसंशा गर्दै अगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । उनले अन्य संघ संस्थाहरूलाई समेत सो अनाथ आश्रमलाई सहयोग गर्न आग्रह गरे ।

सो अवसरमा प्रदेशसभा सदस्य राम अशिष यादव, प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेल, समाजिक अभियन्ता सरोज राय, अमित झा, ममता मण्डल, निर्मला यादव लगायतको उपस्थिति रहेको थियो । सो अनाथ आश्रममा दुधे बालबालिकादेखि कक्षा १२ सम्म अध्ययनरत १३ जना अनाथ बालबालिकाले आश्रय लिएका छन् ।

प्रोफेसर जागिर छाडेर अनाथ बालबालिकाको सहयोगका लागि सन्त आलोकले आफ्नो निजी जग्गामा अनाथ आश्रम खडा गरी चन्दा मागेर र विभिन्न संघ संस्थाको सहयोगमा संचालन गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here