समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।



शहबाज खान

कपिलबस्तु ८ पुष ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं.२ मा अवस्थित महेन्द्र माध्यमिक विद्यालयमा आइतबार छड्के अनुगमन भएको छ ।

जिल्ला समान्वय समिती कपिलवस्तुका सदस्य प्रमीला मल्ल, कृष्णनगर नगरपालिकाका शिक्षा प्रमुख वि.नि.राम करन पाल, स्रोत व्यक्ति अर्जुन विश्वकर्मा र संघीय समाजवादी फोरम नेपाल प्रदेश नं.५ का प्रवक्ता अकरम पठानको संयुक्त टोलीले छड्के अनुगमन गरेको हो ।


अनुगमनका क्रममा १० बजेर ५ मिनेटमा पहिलो घण्टी शुरु हुने घण्टी बज्दा ६ जना शिक्षक मात्र उपस्थित रहेको पाईयो । १२ जना शिक्षक ढिलो आएको र अगामी दिनमा समयमा आउनुपर्ने सुझाव अनुगमन टोलीके दिएर गएको विद्यालयले जनाएको छ ।


विद्यालय व्यवस्थापन समितिको म्याद समाप्त भएको चार वर्ष बित्दा पनि विद्यालय प्रशासनले व्यवस्थापन समिति गठन गराउन अग्रसरता नदेखाएकोले अनुगमन टोलीको काडा निर्देशन पछि प्रअले पौष १५ भित्र अभिभावक भेला बोलाउने प्रतिबद्धता जनाएका छन् ।

साथै ढिलो आएका शिक्षकलाई नगरपालिकाको शिक्षा शाखामा स्पष्टिकरण दिन सुझाव दिएका छन् ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here