समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, १३ पुष ।

वैदेशिक रोजगारीको क्रममा कतार पुगेका नेपाली श्रमिकहरुको अवस्था बुझ्न कतार गएका संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक उमाशंकर अरगरीयालाई स्वदेश फर्किने क्रममा त्याँहाका नेपालीहरुले भवन विदाई गरेका छन् ।

प्रमुख सचेतक अरगरीया कतार पुग्दा पनि त्याँहा रहेका नेपालीहरुले भव्य स्वागत गरेका थिए । वैदेशकि रोजगारीका क्रममा कतारमा रहेका नेपाली श्रमिकहरुको दैनिकी तथा पीडा बुझ्न कतार पुगेका धनुषा क्षेत्र नं. २ का सांसद समेत रहेका अरगरीयाले त्याँहा रहेको नेपाली श्रमिकहरुसँग विभिन्न चरणमा भेटघाट तथा छलफल समेत गरेका थिए ।

उनले कतारमा रहेका नेपाली श्रमिकहरुको अवस्था भयावह रहेको बताए । अगरीयाले यस विषयमा आफुले नेपाल सरकार तथा श्रम मन्त्रालयसँग कुरा गर्ने बतए ।

शुक्रवार नेपाल फर्केका सांसद अरगरीयालाई त्याँहा रहेका नेपाली श्रमिकहरुले भव्य विदाई गर्दै कतारको विमानस्थलसम्म पु¥याउन गएका थिए ।

उनलाई त्याँहा रहेका संघीय समाजवादी फोरम कतार समुदायका मधेशी नेता कार्यकर्ताहरु मनिकलाल मण्डल, जगतलाल मण्डल, कदिर राईन, शैलेन्द्र रोहिता, रुपलाल मण्डललगायतका नेता कार्यकर्ताहरुले भव्य स्वागत एवं विदाई गरेको अरगरीयाले बताए ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here