समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


‘किन तारा तिम्रो नेपालमा स्थायित्व आउन सकेन ? यति सुन्दर सानो देश छ तिम्रो, गरेदेखि यो नमुना बन्न सक्छ । तर, किन होला ‘गुड गभर्नेन्स’ नै देखिएन ।’ मेरा एकजना पुराना साथी डा.रोशन चौधरी’र डा.दीपक यादव यो प्रश्नले मलाई बारम्बार पछ्याइरहन्छ । धेरै वर्षदेखि यो प्रश्नको उत्तर म आफैँले त पाउन सकेको छैन, उसलाई कसरी दिउँ !

यतिबेला म स्वयं परदेशमा छु । उताको वास्तविक अवस्था मैले यता बसेर आँकलन गर्न पनि सजिलो छैन । मैले त विभिन्न सञ्चार माध्यमबाट पढेको, सुनेको र हेरेको आधारमा विश्लेषण गर्ने हो । आफन्त र साथीभाइहरूको कुरा सुनेर एउटा धारणा बनाउने हो । हामी विदेशमा बसेर आआफ्नो धारणा बनाउछौँ । ती आत्मकेन्द्रित विचारलाई कतै बोलेर, कतै लेखेर अनि कतै सामाजिक सञ्जालमार्फत गाली, आरोप र सत्तोसराप छरपष्ट पाछौँ । हामीलाई लाग्दो हो त्यही नै हो हाम्रो दायित्व । हामी स्वयं निष्पक्ष छैनौँ । कसै न कसैलाई बोकेर हिँडिरहेका छौँ ।

कुनै राजनीतिक आवरणमा, कुनै जातीय र वर्गीय लेपमा । हामी आदेश र उपदेशको ठेली त पस्कन्छौँ तर त्यसो गर्ने नैतिक अधिकार हामीसँग छ छैन त्यतातिर ध्यान पु¥याउँदैनौँ ।

हो नेपालमा चरम बेथिति छ । दण्डहीनता मौलाउँदो छ, नियम कानुन र प्रक्रियाअनुसार मुलुक चलेको छ र ! भन्ने आरोपलाई गलत मान्ने आधार पनि भेटिँदैन । बितेका २६ वर्षमा देशमा २५ वटा सरकार आए । सबै सरकार आफूलाई जनहितकारी र उपल्लो राष्ट्रवादी भएको बखान गर्न चुकेनन् ।

सत्तामा रहुञ्जेल सबै हरियो देख्ने आँखाहरू त्यहाँबाट खुस्किनेबित्तिकै सबैतिर कालो देख्न थाल्छन् । सत्ताको भ¥याङ नै एक मात्र लक्ष्य भएपछि थिति बस्ने कुरा त कता हो कता, अस्थिरताले देश नै धरापमा पर्दैछ । स्थानीय निर्वाचन नहुँदा जनताले आफ्नो प्रातिनिधिमार्फत आआफ्ना स्थानका समस्या र अप्ठ्याराहरूसँग जुध्न सकेका छैनन् । विकास निर्माण स्पिड ब्रेकरमा रोकिएको छ । भ्रष्टाचारले आक्रान्त पारेको छ मुलुकलाई । स्वदेशमै रोजगारी नहुँदा लाखौँ युवाहरू विदेशी श्रम बजारमा रगत पसिना बगाउन बाध्य छन् ।

एकथान संविधान त आयो त्यो पनि अधिकतम् लचिलो नहुँदा कार्यान्वयन हुने सम्भावना छैन भनिँदै छ । मधेस खुसी छैन, जनजातिहरूको गुनासो मेटिएको छैन । कोभन्दा को बढी राष्ट्रवादी भन्ने होडबाजीमा छिमेकीहरूसँगको सम्बन्ध नै धरापमा पर्दैछ । कहिले एउटा छिमेकीलाई अँगालो हालेको छ कहिले अर्को्तिर लगन–गाँठो कस्ने जमर्को गरिन्छ । दुवै छिमेकीलाई पारस्परिक समझदारी र विश्वासमा लिँदै दुवैबाट अधिकतम सहयोग र सुविधा लिनुपर्ने आजको स्थितिमा एकअर्काका विरूद्ध प्रयोग हुने खतरनाक खेल खेल्न भने बन्द नगरी हुँदैन ।

कहिले भूकम्पले बजार्छ, कहिले बाढी पहिरोले उत्पात मचाउँछ त कहिले मधेसका हावा हुरी तथा नेपालको भस्टाचारीले । कहिले छिमेकीको तगारोले सताउँछ त कहिले आफ्नै घर झगडाले बन्नै लागेको व्यवस्थापन भताभुंग हुन्छ । भूकम्पको मारमा परेका हजारौँ नेपालीको ओत लाग्ने एउटा छानोसमेत तयार गर्न सक्दैन राज्यले, एक वर्ष नाघिसक्यो । सरकारले दिने भनिएको राहत र सुविधासमेत पाउन सकेका छैनन् पीडितहरूले । अभाव, कालोबजारी र महँगीले देशलाई जर्जर बनाएको सूचना र समाचार सुन्दा मन नै भरंग हुन्छ ।

०४६ सालले नेपाललाई प्रजातान्त्रिक बनायो । ०६२÷६३ मा आइपुग्दा राजतन्त्रको अन्त्यसँगै गणतन्त्रको गुलियो चक्लेट पाए जनताले । तर, चक्लेटको गुलियो जनताको जिब्रोमा त पुगेको छैन, राजनीति हाँक्नेहरूकै मुखमा स्वाद बनेर टाँसिएको छ । देश र जनता त रमिते मात्र (बेथिति र अस्थिरताको रमिते ! स्थायित्वको पर्खाइ धेरै लामो भइसक्यो । कहिले आउला त्यो स्थायित्व र देशले एउटा गति लेला भन्ने अपेक्षा टुहुरो हुँदै छ । हुँदाहुँदा अब त किस्ताबन्दीमा देश चलाउने म्यादी सरकार बन्न थालेछन् । कसरी चित्त बुझाउनु नेपाली जनताले ! २६ वर्ष पुगिसक्यो, अब पनि संक्रमणकाल भनेर भाग्न मिल्छ र !

राजनीतिले सबै क्षेत्रलाई गलपासो लगाइदिएको छ । प्रशासन, शिक्षा, समाजसेवा सबैमा राजनीतिले कौडा हानेको छ । दलीय र व्यक्तिगत स्वार्थले इमानदारी र नैतिकतालाई बन्धक बनाएको छ । यी र यस्ता अनेक समस्याबाट देशलाई मुक्त पार्ने दृढ आत्मविश्वास भएको इमानदार नायक खोजेको छ नेपालले । देश र जनताको पक्षमा चट्टान बनेर उभिने चोखो राजनीति खोजेका छन् जनताले । राजनीतिक स्थायित्व नहुञ्जेल नेपालले फड्को मार्न सक्दैन ।

विदेशमा बसेर पनि नेपालको माया गर्ने मनहरू लाखौँ छन् । कतै देश भड्खालोमा पर्ने हो कि भनेर चिन्ता लिने स्वरहरू अनगिन्ती छन् । के होला मेरो देश कठै ! भन्ने नेपाली मनहरू उकुसमुकुसमा छन् । कसैले उग्र देखिने गरी आरोप–प्रत्यारोप गर्लान्, कसैले अर्ती–उपदेशको भाषामा आआफ्नो विद्वता छाँट्लान् । यता बसेर उताकालाई गाली गर्न, सुझाव र उपदेश दिन सजिलो छ । तर, देश हाँक्ने त नेपालमै बस्नेले हो ।

नेपालबाट पनि केही बुज्रुक स्वरहरू बेला–बेलामा सुनिने गर्छन्– विदेशमा बस्नेलाई के को खसखस ! तर उनीहरूलाई के थाहा, विदेशमा झन् औडाहा हुने गरी स्वदेशको माया लाग्छ । त्यहाँका हरेक कुराहरूमा चासो र चिन्ता हुन्छ । त्यहाँ दुःख पर्दा यता मन रुन्छ । त्यहाँको अभावमा यताका सहयोगी हातहरू अग्रसर हुन्छन् । नेपालको प्रजातान्त्रिक अवतरणको अभियानमा विश्वव्यापी दबाब र समर्थन जुटाउन होस् वा त्यहाँ प्राकृतिक विपत्ति पर्दा सहयोग पु¥याउन होस्, विदेशका नेपालीहरू मन खोलेर अगाडि आउँछन् । देशलाई दुःखेको बेला यता र उताका भन्ने प्रश्न गौण हुन्छ । उताको होस्टेमा यताबाट हैंसे गर्ने हो । स्वदेशी र विदेशी नेपालीबीचको गतिलो सेतु भनेकै नेपाल हो । नेपाललाई जबजब खाँचो पर्छ, त्यो बेला दुवैतिरका मन र हातहरू मिल्नुपर्छ । नेपालको स्वार्थको कुरा आउँदा यता र उताको भन्ने संकुचित सोच त्याग्नुपर्छ ।

विदेशमा बसेर गफ दिन र ‘पाँडे’ गाली गर्न त सकिएला तर नेपाल नै पुगेर राम्रो काम गरेर देखाउन कतिले सक्लान् ! हामीले यताबाट सकारात्मक सुझाव र उपाय बताउन सकिएला, अफर पर्दा सहयोग जुटाउन सकिएला । गर्ने त नेपालमै बस्नेले हो ।नेपालबाट पनि केही बुज्रुक स्वरहरू बेला–बेलामा सुनिने गर्छन्– विदेशमा बस्नेलाई के को खसखस ! तर उनीहरूलाई के थाहा, विदेशमा झन् औडाहा हुने गरी स्वदेशको माया लाग्छ । त्यहाँका हरेक कुराहरूमा चासो र चिन्ता हुन्छ । त्यहाँ दुःख पर्दा यता मन रुन्छ । त्यहाँको अभावमा यताका सहयोगी हातहरू अग्रसर हुन्छन् । नेपालको प्रजातान्त्रिक अवतरणको अभियानमा विश्वव्यापी दबाब र समर्थन जुटाउन होस् वा त्यहाँ प्राकृतिक विपत्ति पर्दा सहयोग पु¥याउन होस्, विदेशका नेपालीहरू मन खोलेर अगाडि आउँछन् । देशलाई दुःखेको बेला यता र उताका भन्ने प्रश्न गौण हुन्छ । उताको होस्टेमा यताबाट हैंसे गर्ने हो । स्वदेशी र विदेशी नेपालीबीचको गतिलो सेतु भनेकै नेपाल हो । नेपाललाई जबजब खाँचो पर्छ, त्यो बेला दुवैतिरका मन र हातहरू मिल्नुपर्छ । नेपालको स्वार्थको कुरा आउँदा यता र उताको भन्ने संकुचित सोच त्याग्नुपर्छ ।

विदेशमा बसेर गफ दिन र ‘पाँडे’ गाली गर्न त सकिएला तर नेपाल नै पुगेर राम्रो काम गरेर देखाउन कतिले सक्लान् ! हामीले यताबाट सकारात्मक सुझाव र उपाय बताउन सकिएला, अफर पर्दा सहयोग जुटाउन सकिएला । गर्ने त नेपालमै बस्नेले हो । उताकाले पनि आफ्नो भाग खोस्न आयो भन्ठान्नु हुन्न । सामूहिक प्रयासले नै नेपालको भाग्य निर्माण गर्न सम्भव छ ।

नेपालको माया साँच्चिकै छ भने दुवैतिरका खराब मनहरू पखालिनुपर्छ । अझै म त भन्छु उताका मनहरू खुलेर आउनुपर्छ, खुलेर यस अर्थमा कि नेपाल बनाउने गहन अभिभारा त स्वदेशी कै हो । भोलि यहाँबाट कठै मेरो देश ! भनेर रुनुपर्ने अवस्था आयो भने पाप त उतैले भोग्नुपर्छ तर त्यसको पोलाइ यता पनि पीडादायी हुन्छ । प्रार्थना गरौँ त्यस्तो अवस्था नआओस् ।

चिनबाट मनको भावना (डा.कमोद निराला )

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here