समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, २८ मंसिर ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले ऐतिहासिर धार्मिक स्थल धनुषाधामको विकास र संम्बद्र्धन हुनुपर्नेमा जोड दिदै विकासको बाधक नबन्न सवैमा आग्रह गरेका छन ।

वर्षौ पुरानो रामायणकालिन महत्व बोकेका धनुषाधामको विकास र संरक्षण सम्बद्र्धन जुन हिसावले हुनुपर्ने हो सो हुन नसकेकोमा दुःख व्यक्त गर्दै मन्त्रि यादवले धनुषाधामको विकासको गर्न खोज्दा यहिका नेता, कार्यकताहरुले रोक्न अग्रसर हुने गरेकाले गर्दा धनुषाधामको विकासमा असर पर्दै आएको बताएका छन ।

बाहिरबाट असहयोग भई नै राखेको बेलामा नेकपाकै नेता कार्यकताहरुले समेत आफनो स्वार्थमा लागेर विकासको गतिविधीलाई बाधकको रुपमा उभने गरेकाले गर्दा यसमा सचेत हुन आग्रह गरेका छन ।
धनुषाधाम उद्योगा वाणिज्यय संघ,धनुषाधामको कार्यालय उदघाटन गर्दै मन्त्रि यादवले धनुषाधाम जस्तो पवित्र स्थलबाट नेपालको राजनितिक वृतमा वर्षौसम्म शेर धनुषा भनेर चिनिने हेमबहादुर मल्ल, आफुसंग चुनाव हारेका आनन्द ढुगानादेखि लिएर नेपालको राजनितिकमा राम्रो प्रभाव पार्ने व्यक्तिहरुले वर्षौसम्म राज गरेको ठाउँको विकास हुन नसकेकोकाले गर्दा अव जनताको धैयर्ताको बाँध नतोडनका लागि पनि हामीले धनुषाधामको विकासलाई गरेर देखाउनुपर्ने बताएका थिए ।


धनुषाधामको विकास अव कसैले रोकेर रोकिदैन, धनुषाधामको एकिकृत विकासका लागि आफुले गर्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको उदघोष गरेका छन । धनुषाधाम उद्योग वाणिज्य संघ, धनुषाधामको कार्यालय उदघाटन गर्दै मन्त्रि यादवले धनुषाधामको विकासका लागि भाषणमा भनेर मात्रै हैन कि विकास गरेर जनताको भावनालाई कदर गर्नुपर्ने समय आएकोले गर्दा यहाँको जनतालाई विकासको अनुभुति हुने खालको योजना ल्याएर काम गर्न धनुषाधाम नगरपालिकाका जननिर्वाचित प्रतिनिधीहरुलाई निर्देशन दिदै सरकारको तर्फबाट हुने सम्पूर्ण सहयोगको लागि आफु तत्पर रहेको बताएका छन ।

उनले भने धनुषाधाममा रहेको पौराणिक धार्मिक धनुष मंदिर, अलौकिक हेक्टरौको क्षेत्रफलमा फैलिएको वनजंगल, यहाँको पर्यटनको लागि राम्रो आम्दानीको श्रोत भएकाले गर्दा यहाँका व्यापारीहरुलाई समेत विकासको कामका लागि अगाडी बढन आग्रह गरेका छन ।

कार्यक्रममा नेकपाका प्रदेश नम्बर २ का सांसद रामचन्द्र मंडलले धनुषाधाम एक धार्मिक, ऐतिहासिक पुरानो ठाउँ भएपनि जुन गतिमा यहाँको विकास हुनुपर्ने थियो त्यो हुन नसकेपनि अव जनकपुरपछि धनुषा जिल्लाकै प्रमुख धार्मिक स्थल धनुषाधामको विकास लागि प्रदेश सरकार गम्भिर रहेको बताएका छन ।

आफुहरुले प्रदेश सरकारमार्फत धनुषाधामको संरक्षणसम्बद्र्धन गर्न ४० लाख, जंगललाई चिडियाखाना, ऐतिहासिक पोखरीमा पर्यटक बढाउन सौन्दर्यकरण गर्नको साथै यहाँको ऐतिहासिक धर्मशाला र रामायणकालिन पौराणिक आस्था र विश्वासका केन्द्र वाण गंगाको संरक्षण गर्न आफुहरुले संघिय सरकारमार्फत योजनाहरु अगाडी बढाएर चाँडै नमुना शहरको रुपमा विकास गरेर देखाउने प्रतिवद्र्धता जाहेर गरेका थिए ।

कार्यक्रममा नेकपाकै प्रदेश सांसद किशोरी साह ९कमल०ले धनुषाधामको विकासका लागि यहाँका जनप्रतिनिधीहरुको सक्रियता आवश्यक रहेको बताएका छन । कार्यक्रममा धनुषाधामका प्रत्यासी मेयरका उम्मेदवार दिपक यादवले धनुषा जिल्लाको जनकपुरपछिको पुरानो र धार्मिक स्थल धनुषाधाम नै रहेकाले यसको समग्र विकास हुनु पर्नेमा जोड दिदै उनले यहाँको विकास नगर्न सक्नेले विकासको बाधक भएर समेत नउभि दिनका लागि आग्रह गरेका छन । उनले भने वर्षौ पहिले नमुना शंहरको रुपमा स्थापित हुनुपर्ने धनुषाधाम विकासको पूर्वाधारका आधारमा निकै पछाडि परेकाले गर्दा यहाँको विकासमा राजनितिक दलको साथै व्यापारी व्यवसायीहरुलाई समेत अगाडी आएर सहयोग गर्न र जनप्रतिनिधीहरुले जनताको मर्मलाई बुझेर योजना ल्याउनुपर्नेमा जोड दिएका छन ।
धनुषाधाम उद्योग वाणिज्य संघ धनुषाधामका अध्यक्ष किशोरी ठाकुरको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व सांसद समेत रहेकी नेकपाका नेता महादेव यादव, पूर्व सांसद तथा सहिद परिवार शिला यादव, उद्योग वाणिज्य संघका सल्लाहकार अर्जुन प्रसाद सिंह, स्थानिय समाजसेवी नेता योगकुमार यादवलगायतकाले धनुषाधामको विकास पछाडि परेकाले गर्दा यहाँको धार्मिक सास्कृतिक धरोहरहरुलाई राज्यपक्षले संरक्षण सम्बद्र्धन गर्नु पर्नेमा जोड दिएका छन ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here