समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरटाईम्स डेस्क

जनकपुरधाम, २० माघ ।

तराई मधेशकै ऐतिहासिक तथा धार्मिक स्थल धनुषा जिल्लाको धनुषाधामको मकर मेलामा मेला भर्ने तथा पुजा दर्शन गर्ने श्रद्धालुहरुको घुईचो लागेको छ ।

धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको धनुषाधाममा माघ महिनाको प्रत्येक आइतवार लाग्ने भएपनि माघे संक्रान्तिका दिन हजारौँको सँख्यामा श्रद्धालुहरु बिहानै धनुष मन्दिर पुगेर पूजाआजा तथा भार चढाउने गरेका छन् ।

त्रेताकालिन रामायणका अख्यान अनुसार भगवान शिवले परशुरामलाई प्रदान गरेका दधिचि मुनीको हाडबाट बनेका शिवधनु राजा जनकले प्राप्त गरेका थिए । उनले आफ्नो सुपुत्री जानकीको विवाहका लागि स्वयंम्बरको क्रममा राखिएको धनुष रामचन्द्रले जनकनन्दनी जानकीसंग विवाह गर्नु पूर्व भाँचेको धनुषको तीन टुक्रा मध्ये एक टुक्रा धनुषाधाममा झरेको जनविश्वास अझै पनि कायमै रहेको छ ।

सोही मान्यताका आधारमा वर्षेनी माघ महिनाको प्रत्येक आईतबार मकर मेला लाग्दै आएको छ । यहाँ भाकल गरेपछि मनोवाञ्चित फल प्राप्त हुने जनविश्वास रहेको छ । यहाँ श्रद्धालुहरुले फुल–माला लगायत भन्टाको भार चढाउने समेत चलन रहेको छ ।

भन्टा (बैगन)को भार चढाउनाले मानिसको शरीरमा हुने चर्म रोग, मुसा रोग निको हुने जनविश्वास रहेको छ । धनुषाधामा मेला भर्न धनुषा लगायत महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, सिन्धुली, उदयपुर र भारतिय सिमाबर्ती क्षेत्रबाट ठुलो संख्यामा श्रद्धालु भक्तजनहरु आउने गरेका छन् ।

प्रत्येक वर्षको माघ महिनाको सुरुबातसंगै लाग्ने मेला मकर मेला पुरै एक महिना सम्मै लाग्ने गरेको छ । धनुषाधाममा लाग्ने मकर मेलामा तेजपात (एक प्रकारको मशाला पात) को लागि प्रख्यात मानिएको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here