समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, ३ चैत । हङकङमा जारी तेस्रो एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालका अजितकुमार यादवले स्वर्ण पदक जितेका छन् । आइतबार भएको ३ हजार मिटर दौडमा भारत, जापान, यमन लगायतका प्रतिस्पर्धीलाई पछि पार्दै नेपाल एपीएफ क्लबका खेलाडी अजितले स्वर्ण जितेका हुन् ।

उनले निर्धारित दूरी ८ मिनेट ३०.३२ सेकेण्डमा पूरा गरे । दोस्रो स्थानमा रहेका भारतका अमित जंगजीर ८ मिनेट ३६.३४ सेकेण्डमा दूरी पूरा गरी रजत र ८ मिनेट ३८.६० सेकेण्डमा निर्धारित दूरी पूरा गरेका यमनका गामिल अल हामातीले काश्य पदक पाए ।

जुनियर एथ्लेटिक्समा नेपालले एशियाली स्तरमा पहिलो स्वर्ण जितेको हो । वास्तवमा एशियाली एथ्लेटिक्स च्याम्पियनसिपमा जीतबहादुर केसीले नेपाललाई पहिलो पदक जितेयता एशियाली एथ्लेटिक्समा नेपालले अहिलेसम्म पदक जित्न सकेको छैन ।

नेपाल एथ्लेटिक्स संघको विवादका कारण यस प्रतियोगितामा नेपालको सहभागिताको टुंगो अन्तिम समयमा लागेको थियो । एपीएफका खेलाडी अजितसँग राष्ट्रिय प्रशिक्षकको रुपमा एपीएफकै प्रशिक्षक धनीराम चौधरी गएका छन् ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here