यस वर्ष चार लाख ७५ हजार परीक्षार्थी

समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । यस वर्षको एसईई परीक्षा आइतबारदेखि सुरु हुँदैछ। परीक्षामा देशभरबाट चार लाख ७५ हजार ३ जना विद्यार्थी सहभागी हुने भएका छन्।

परीक्षामा नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ जना र एक्जाम्टेडतर्फ २४ हजार ८ सय १७ जना सहभागी हुने भएका छन्। यसमध्ये दुई लाख ३६ हजार चार सय ४५ छात्र र दुई लाख ३८ हजार पाँच सय ५८ छात्रा रहेका छन्।

एसईईमा सहभागी हुने विद्यार्थीको संख्या अघिल्लो वर्षको तुलनामा करिब साढे १० हजार कम भएको माध्यामिक शिक्षा परिषद्ले जनाएको छ। गत वर्ष एसईई परीक्षामा नियमित र एक्जाम्टेडतर्फबाट कुल चार लाख ८५ हजार पाँच सय ८६ जना परीक्षार्थी सहभागी भएका थिए।

परीक्षाका लागि देशभर एक हजार नौँ सय ६९ परीक्षा केन्द्र तोकिएको छ । परीक्षामा सबैभन्दा बढी प्रदेश, ३ बाट एक लाख ६ हजार दुई जना परीक्षार्थी सहभागी हुने भएका हुन्।

सभार : देश सञ्चार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here