समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


काठमाडौं

आज विहानै २ पटक भूकम्प गएको छ । विहान ६ः३० मा धादिङको नौविसे केन्द्र भएर ५.२ रेक्टरको भूकम्प गएको लगत्तै किर्तिपुर केन्द्र भएर ४.७ रेक्टरको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौं उपत्यका लगायत देशभर नै महसुस गरिएको थियो । विहानै गएको यस भुकम्पले के कति क्षति पुगेको छ भन्ने बारेमा विस्तृत जानकारी आउन बाँकी छ ।

०७२ बैशाख १२ को विनासकारी भुकम्पपछि सानातिना पराकम्प आउने क्रम रोकिएका छैनन् । आजको भुकम्प पनि ०७२ कै पराकम्प भएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । भुकम्पपछि सर्वसाधारण त्रसित भएर घरबाहिर निस्किएका छन् ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here