समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, २ पुस ।

धनुषाको शहिदनगर नगरपालिका वडा नं. ८ डुमरिया चौकमा सोमबार एकदिने आँखा शिविर सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी जानकी आखा अस्पताल जनकपुरको आयोजना, तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ तथा फ्रेडहोलोज फाउन्डेसनको सहयोगमा स्थानीय सहयोगी संस्था ॐ शक्ति सामुदायिक अध्ययन अनुसन्धान केन्द्र शहिदनगर ८ बिसरभोरामा भएको शिविरमा २ सय २५ जनाको आँखा जाँच गरिएको जसमध्ये ९१ जनामा मोतीबिन्दु पाइएको स्थानीय सहयोगी संस्था ॐ शक्ति सामुदायिक अध्ययन अनुसन्धान केन्द्रका अध्यक्ष बिनोद रोहिताले जानकारी दिए ।

उक्त शिविरमा जानकी आँखा अस्पताल जनकपुरका चिकित्सकहरु बिनोद कुमार यादव, संजय कुमार मण्डल र निरज कुमार सिंहले आँखाका विरामीहरुको उपचार गरेका थिए ।

ॐ शक्ति सामुदायिक अध्ययन अनुसन्धान केन्द्र रोहिताको अध्यक्षता तथा शहिदनगर नगरपालिका वडा नं.८ का वडाध्यक्ष तनुकलाल कुसियैतको प्रमुख आतिथ्यमा भएको आँखा शिविर उद्घाट्न कार्यत्रक्रममा कार्यक्रममा जोगिन्द्र दास, महाबिर यादव, अनिता यादव, जीवन रोहिता, भोला तेथवारलगायतका व्यक्तित्वहरुको सहभागिता ।

उक्त शिविरमा मोतीबिन्दु पाइएका बिरामीहरुलाइ यही पुस ९ र १० गते आँखा उपचार केन्द्र यदुकुहामा शल्यक्रिया गरिने रोहिताले जनाए ।

मोतीबिन्दुका विरामीहरुको शल्यक्रियामा लाग्ने खर्च शहीदनगर नगरपालिकाले व्यहोर्ने शहीदनगर नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरीयाले जनाएका छन् ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here