समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


काठमाडाै‌ । बुधबार, दिउँसो ३.४० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जेट एयरवेजको जहाज भारतको नयाँ दिल्ली उड्ने तालिका थियो। जहाजमा सबै यात्रु बसे। जहाज रनवेमा पुग्यो र उड्नै लागेको थियो।

अचानक जहाज रोकियो। 

उड्न ठिक्क परेको जेट एयरवेजको जहाजमा पर्याप्त इन्धन नै थिएन। 

यात्रुलाई चढाइसकेर रनवेमा पुगिसकेको जहाजमा पर्याप्त इन्धन छैन भनी पाइलटले त्यतिबेला मात्र थाहा पाए जब उनले इन्धन भर्ने साधन देखे। त्यसपछि जहाज रोकियो। आवश्यक थप इन्धन भरेर बल्ल उड्यो।

इन्धन भर्न फेरि पर्खनु परेकै कारण जेट एयरलाइन्सको उक्त उडान करिब २ घण्टा ढिला भएको छ। ३ः४० मा उड्नुपर्ने जहाज बेलुका साढे पाँच बजे मात्र काठमाडौंबाट उडेको थियो। 

उक्त जहाजमा सवार यात्रु राजेन्द्र बजगाईंले यसबारेमा सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। 

यो अवस्थाबारे बोल्दै विमानस्थलका एक अधिकृतले जहाजले यात्रु बोर्डिङभन्दा पहिले नै इन्धन भरिसक्नुपर्ने व्यवस्था रहेको बताए। जेट एयरवेजको आजको घटनामा भने पाइलटलाई सुरूमा जहाजमा भएको इन्धनको अवस्थाबारे थाहा नभएको उनको भनाइ छ।

ती अधिकृतका अनुसार जेट एयरवेजका पाइलटले उड्नै लागेको जहाज पार्किङ गरे। र, एयर ट्राफिक कन्ट्रोलरलाई खबर गरी आफ्नो जहाजमा इन्धन भर्नुपर्ने जानकारी गराए। 

त्यसपछि उक्त जहाजमा इन्धन भर्ने समय मिलाउने र भरिसक्न लाग्ने समय आकलन गर्दै उक्त उडान साढे पाँच बजेलाई तय भएको थियो।  

एयरलाइन्सहरुले जहाजमा इन्धन कहाँ भर्ने, कति भर्ने भन्ने आफ्नै योजना बनाएका हुन्छन्। सामान्यतया अन्तर्राष्ट्रिय उडानमा आउँदा भरेर आएको इन्धनले फर्किंन पुग्दैन। त्यसैले जहाजले काठमाडौंमा पनि इन्धन भर्छन्। इन्धन जहाज होल्ड र डाइभर्ट हुँदा पनि पुग्नेगरी हुनुपर्ने विमानस्थलका ती अधिकृतले जानकारी दिए। 

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here