समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


महोत्तरी । महोत्तरीमा आफ्नै जिउमा आगो लगाएर एकजनाको आत्यहत्या गरेका छन् ।

महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं. ५ कञ्चनपुरमा आफ्नै जीउमा आगो लगाएका एक पुरुषको शनिबार राति उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामगोपालपुर वडा नं. ५ कञ्चनपुरका ६० वर्षीय सूर्यदेव मुखिया रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

शनिबार दिउँसो घरमा कोही नभएको बेला शरीरभरि कपडा बेरी मट्टितेल छर्केर आफैँले आगो लगाएका मुखियाको अवस्था गम्भीर भएपछि परिवारजनले उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगेका थिए । उनको गएराति करीब ८ बजे उपचारकै क्रममा मृत्यु भएको छ ।

मुखिया के–कति कारणले आफैंले जीउमा आगो लगाए भन्नेबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । मृतकको शव परीक्षणपश्चात परिवारजनलाई बुझाइने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here