समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, १९ पुस ।

मधेश आन्दोलनमा घाईते भएका एक व्यक्तिलाई प्रदेश नं. २ का सामाजिक विकास मन्त्री नवल किशोर साहको विशेष पहलमा आर्थिक सहयोग गरिएको छ ।

आन्दोलनका क्रममा गोलि लागि घाइते भएका सप्तरी भारहका देव नारायण विश्वाशले मन्त्रि साहको विशेष पहलमा प्रदेश सरकारबाट १ लाख आर्थिक सहयोग पाएका हुन् ।

मधेश आन्दोलनका घाइतेहरुलाई आर्थिक सहयोग उपलब्ध गराउने प्रदेश सरकारको निर्णय अनुरुप मन्त्री साहले घाइतेलाई चेक हस्तान्तरण गरेका हुन् ।

मुख्यमन्त्री कार्यालयले उनलाई चेक हस्तानान्तरण गरेको हो । प्रदेश सरकारले अहिले सम्म १४ जना घाइतेलाई चेक हस्तान्तरण गरिसकेको छ ।

प्रदेश सरकारले मधेश आन्दोलनका घाइतेहरुलाई अवस्था हेरी ५० हजार देखी ३ लाख सम्म उपलब्ध गराउने निर्णय गरेको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here