योगीको आगमनले सुरक्षा व्यवस्था कडा

समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, २५ मंसिर ।
त्रेता युगमा अयोध्याका राजकुमार भगवान राम र मिथिलाकी राजकुमारी सीताको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा आज धुमधामका विवाह पञ्चमी महोत्सव मनाईदै छ ।

प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मिथिला नगरीमा विवाह पञ्चमी महोत्सवको आयोजना हुँदै आएको हो ।

महोत्सवमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानहरुबाट लाखौ श्रद्धालुहरु भक्तजनहरु जनकपुर आएका छन् । मिथिलाको विधिविधान अनुसार हुने रामजानकी विवाह महोत्सवको अवलोकन गर्न प्रत्येक वर्ष लाखौको संख्यामा तीर्थालुहरु जनकपुर आउने गर्दछन् । रामजानकीको डोला हेर्न बाह्रविघा मैदानमा श्रद्धालुहरुको घुईचो लाग्ने गर्दछ ।

त्रेता युगमा जुन प्रकारले राम सीताको विवाह प्राचिन मिथिलाको राजधानी जनकपुरमा भएको थियो त्यसै प्रकारले वर्तमानमा समेत राम जानकीको डोलालाई जनकपुरमा स्वंम्बर गरि वैदिक परम्परा अनुसार विवाह गर्ने प्रचलन हाल पनि कायमै रहेको छ । आज दिउँसो साधुशन्तको अगुवाईमा झाकी किर्तण सहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर ऐतिहासिक रंगभूमि मैदानमा बाह्र विघा पुग्ने छ । दुवै डोला बाह्र विघामा पुगेपछि मिलन भई मालाफेर गर्दै रामसीताको स्वयमम्बर कार्यक्रम गरिन्छ ।

तत्पश्चात रामजानकीको डोलासहित नगर परिक्रमा गर्दै जानकी मन्दिरमा साँझ प्रवेश गरेपछि राति रामजानकीको विवाहको कार्यक्रम हुने गर्दछ । डोला राम मन्दिर र जानकी मन्दिरबाट निस्केपछि डोला हेर्न श्रद्धालुहरुको भीड लाग्ने गर्छ । बैबाहिक कार्यक्रममा राम मन्दिरका महन्थ राम गिरी भग्वान रामका बुबा अर्थात राजादशरथका रुपमा भूमिकामा छन् हुन्छन् भने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णव छोरी पक्षको नेर्तत्व गर्दै सीताको बुबा राजा जनकको भूमिकामा हुन्छन् ।

सप्ताहव्यापी रुपमा मनाईने रामजानकी विहपञ्चमी महोत्सव , धनुषा यज्ञ , तिल्कोत्सव, मटकोर तथा पूजा कार्यक्रम सम्पन्न भईसकेको छ । त्यस्तै आज रामाजानकीको विवाह पश्चात बिहिवार रामकलेवा गरी विधिवत रुपमा विवाह पञ्चमी महोत्सव समापन हुने जानकी मन्दिरका छोटा महन्थ रामरोशन दासले जानकारी दिए ।

विवाहपञ्चमी महोत्सवमा आएका श्रद्धालुहरु विभिन्न स्थानहरुमा आयोजन भएको संस्कृतिक कार्यक्रममा सहभागि हुँदै रमाउने गर्दछन् । मिथिलाको लोप हुन लागेको कलासंंस्कृतिहरुको झझल्को दिने जस्ता सांस्कृतिक कार्यक्रमहरुमा हेर्न पाईन्छ । यसमा बालबालिकाहरुलाई ,राम, सीता, लक्ष्मण बनाई नाटक प्रदर्शन, झाकी ,नाँचगान,भजनकिर्तन र भग्वानको रुपमा पूजाआजा समेत गन्छि । यसले श्रद्धालुहरुलाई निकै उत्साहित बनाउने गर्दछन् ।

त्यसैगरी रामजानकी विवाहमहोत्सवमा जन्ती बनेर सहभागी हुन लागेका भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ बुधबार (आज) विहान ११ बजे जनकपुरधाम आउने कार्यक्रम तय गरिएको छ ।

भगवान रामको नगरी अयोध्याबाट जन्ती (बाराती) को रुपमा प्रथम पटक माता सीताकी नगरी जनकपुरधाम आउन लागेका मुख्यमन्त्री योगीलाई संघीय नेपालको प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतले स्वागत एवम् सम्मान गर्ने कार्यक्रम रहेको छ ।

करिब ११ बजे जनकपुरधाम विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको जानकी मन्दिर स्रोतले जनाएको छ । जनकपुरधाम विमानस्थलमा प्रदेश सरकारको स्वागतपछि तय गरिएको रुटबाटै योगी सीधा जानकी मन्दिर पुग्ने र पूजाआजा गर्ने कार्यक्रम रहेको छ ।

पूजाआजा पश्चात बाह्रविघा मैदानमा आयोजन गरिएको रामसीताको स्वयँवर अर्थात् विवाहमहोत्सवमा सहभागी हुन उत्तातर्फ लाग्ने कार्यक्रम रहेको छ । त्यसअघि प्रदेश सरकारले आयोजना गरेको भण्डारा कार्यक्रममा सहभागीता जनाउँने कार्यक्रम पनि तय भएको छ ।

योगी भन्दा पनि अयोध्याबाट आउने जन्ती र रामसीताको प्रतिकात्मक विवाह हेर्नको लागि लाखौँको सँख्यमा श्रद्धालुहरु जनकपुरधाम विश्राम लिएका छन् ।

योगीको सुरक्षाको लागि जनकपुरधामको सुरक्षा व्यवस्था मँगलबारदेखि नै कडा पारिएको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाले गस्ती सहित सडक र गल्लीहरुको सुरक्षामा कडाई गरेको छ । पोशाक सहित सिभिल पोेशाकमा समेत भारी सँख्यामा प्रहरी परिचालन गरिएको छ । विवाहपञ्चमी महोत्सवमा मेलाको क्रममा उच्छृँगल गर्ने व्यक्तिलाई तत्कालै नियन्त्रणमा लिने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

योगीको लागि मँगलबार नै भारतबाट बुलेट प्रुफ गाडी मँगाइएको हो । उनको सुरक्षाको लागि नेपाली सेना सहित उनको आफ्नो कमाण्डोले सुरक्षा घेरा तगडा बनाउने छ भने माथिबाट समेत ड्रोन क्यामेराले सुरक्षा निगरानी गरिने जनाइएको छ ।

त्यस्तै सामाजिक संंघसंस्थाहरुले मेलामा आउने लाखौ तिर्थालुको सेवाका लागि विभिन्न ठाउँहरु शिविर तथा बासको व्यवस्था गरी तिर्थालुहरुलाई स्वागत गर्न जुटेकाछन् । स्थानीय क्लबहरुले निःशुल्क उपचार ,आवस , निःशुल्क भोजन, तथा मेलामा अलपत्र परेकाहरुलाई खोजविन गरेर गन्तव्यसम्म पुर्याउने काम पनि सामाजिक संघसंस्थाहरुले गर्ने गर्दछन् ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here