समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, १५ पुस ।
तमू गुरुङ समुदायको महान सांस्कृतिक चाड तमू ल्होसारको अवसरमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शुभकामना दिएका छन् ।
मुख्यमन्त्रीद्धारा हस्ताक्षरित विज्ञप्तिमा गुरुङ समुदायको यस चाडले आपसी सद्भाव बढाइ आर्थिक र सामाजिक रुपले समृद्ध मुलुक निर्माणमा प्रेरणा मिलोस् भनिएको छ ।
तमूहरुले आज पुस १५ गते ल्होसार मनाउने गरेका छन् । तमू परम्पराअनुसार आजदेखि नयाँ वर्षको रुपमा नयाँ वर्ग सुरु हुन्छ । काठमाडौ लगायत देशभरका तमूहरुले आज सामूहिक रुपमा ल्होसार मनाउदैछन् ।
यस अवसरमा आदिवासी जनजाति अगुवाहरुले राष्ट्रिय विदा दिन माग गर्दै आएका छन् । गण्डकी प्रदेशमा भने आज सार्वजनिक विदा दिइएको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here