समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । आइतबार (आज) बाट सुरु हुने परीक्षामा कुल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी हुँदैछन् । गत २०७४ सालमा चार लाख ६३ हजार सात सय परीक्षार्थी सम्मिलित भएका थिए । परीक्षा चैत २१ गतेसम्म सञ्चालन हुनेछ ।

परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमीका अनुसार शैक्षिक सत्रमा कम्तीमा ७५ प्रतिशत हाजिरी पुग्नुपर्ने व्यवस्था भएकाले सो हाजिरी नपुगेका कतिपय विद्यार्थी परीक्षामा सम्मिलित हुन नपाउने भएकाले सहभागी हुने भनिएका परीक्षार्थीको सङ्ख्या घट्न सक्नेछ ।

यस वर्ष नियमिततर्फ चार लाख ५० हजार १८६ परीक्षार्थी सहभागी हुँदैछन् । त्यसैगरी, देशभरि एक हजार ९६९ परीक्षा केन्द्र कायम गरिएको छ ।

सातवटै प्रदेशमा साधारणतर्फका अनिवार्य छवटा विषयको छुट्टछुट्टै प्रश्नपत्र तयार गरिएको छ । संस्कृत र प्राविधिकतर्फका परीक्षार्थीका लागि भने एउटै प्रश्नपत्र हुनेछ । परीक्षामा ७२ हजार ६७१ जनशक्ति परिचालन हुनेछन् । तीमध्ये सुरक्षाकर्मीमात्र २९ हजार ५३५ छन् ।

परीक्षा चैत २१ गतेसम्म सञ्चालन हुनेछ ।

प्रदेश २ मा ७२ हजार परीक्षार्थी

आजबाट देशभर सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्र्तगत प्रदेश नम्बर २ का ८ जिल्लामध्ये धनुषाबाट सबैभन्दा बढी परीक्षार्थी सहभागी भएका छन् । सप्तरीमा ९ हजार ९८, सिराहामा १० हजार ४५, महोत्तरीमा ८ हजार १३ विद्यार्थी परीक्षामा सहभागी छन् ।

त्यस्तै धनुषामा सवैभन्दा बढी ११ हजार १ सय ८८, सर्लाहीमा ९ हजार ५ सय २३, रौतहटमा ७ हजार ६ सय ६९, बारामा ८ हजार १ सय २४ र पर्सामा ८ हजार ३ सय ८९ गरि जम्मा ७२ हजार ४९ जना परिक्षार्थी यो बर्षको परीक्षामा सहभागी भएको प्रदेश नम्बर २ का शिक्षा विकास निर्देशानलयका प्रमुख रमाकान्त शर्माले जानकारी दिए ।

विभिन्न परीक्षा केन्द्रमा परीक्षा दिन पुगेका परीक्षार्थीलाई प्रहरीले कडा चेकजाँच गरेर मात्रै भित्र छिर्न दिएको छ । 

प्रदेश २ का ८ जिल्लामा कुल २ सय ६३ केन्द्रध्यक्ष तोकिएको छ । सहायक केन्द्रध्यक्ष भने ३ सय ४५ जना खट्नेछन् । त्यस्तै ३ हजार ४ सय ३६ जना निरीक्षक खटाएको निर्देशनालयले जनाएको छ । ५ सय ८६ जना सहायक निरीक्षक खट्दैछन् । १ हजार २ सय ८१ जना सहयोगीसमेत परीक्षामा परिचालन गरिएको छ । जसमा ग्रेड वृद्धिका लागि ८ सय जनाले परीक्षा दिएका छन् ।

परीक्षामा सहभागी छात्राहरूमा महिनावारी भएको हुनसक्ने अनुमान गर्दै कुनै किसिमको समस्या आउन नदिनका लागि धनुषाका विभिन्न परिक्षाकेन्द्रमा परीक्षा अनुगमन टोली सेनेटरी प्याड लिएर परीक्षा केन्द्र पुगेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here