समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


राम नारायण पंडित,
सिरहा, ०७ पौष ।

सिरहाको मिर्चैया नगरपालिका बडा नं. १२ सिक्रौनमा आगलागि हुँदा दश लाख मोलबराबरको क्षति भएको छ ।

स्थानिय कुलेश्बर यादबले लामखुट्टे भगाउन बालेको आगो सल्किएर गएराति आगलागी हुँदा दश लाख मोलबराबरको क्षति भएको छ । आगलागीमा यादबको २ बटा फुसको घर जलेर पुर्ण रुपमा खरानी भएको छ भने एउटा घरमा आंशिक क्षति भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले बताए ।

आगलागिमा परी घरमा रहेको अन्नपात, लताकपडा जलेर नष्ट भएको पिडित यादबले बताए । आगलागीमा दुई बटा भैसी र एउटा गोरु जलेर मरेका छन् ।

शुक्रबार राति करीब १० बजेमा आगो लागेपछि बारुण यन्त्रलाई खबर गर्दा पनि नआएको स्थानियहरुले आरोप लगाएका छन् ।

यता, नगरपालिकाका मेयर श्रबण कुमार यादबले खबर पाउँने बितिकै बारुण यन्त्र पठाएपनि आधा बाटोमा जाँदै गर्दा आगो नियन्त्रणमा आएको जानकारी पाएपछि फिर्ता भएको बताए ।

मेयर यादबले पिडित परिवारलाई तत्काल खाना, लताकपडा र त्रिपालको ब्यबस्था गर्ने बताएका छन् ।

आगलागीले पिडित परिबार घरबार बिहिनको अबस्थमा पुगेको र पशु चौपाया समेत मरेकोले यस बिषयमा बैठक बसेर निर्णय गर्ने समेत उनले बताए ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here