परिक्षा बोर्डद्वारा सचेत रहन आग्रह

समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । प्रदेश २ मा एसईई परिक्षाको दुईवटा विषयको प्रश्नपत्र परिक्षा हुनु अगावै आउट भएपछि परिक्षा हुन बाँकी विषयको प्रश्नपत्रको अवस्था के छ त्यो अहिले चौतर्फी चासोको विषय बनेको छ । विग्र सामाजिक विषयको परिक्षाको प्रश्नपत्र आउट भएपछि दुबै विषयको परिक्षा प्रदेश २ मा रद्द भैसकेको छ ।

अब हुने स्वास्थ्य, जनसंख्या तथा वातावरण विषयको प्रश्नपत्र जस्तै देखिने प्रश्नपत्र शुक्रबार साँझ फेरि सामाजिक सञ्जाल तथा विभिन्न संचारमाध्यमहरुमा भाइरल बनेको छ । स्वास्थ्य, जनसंख्या तथा वातावरण विषय नै उल्लेख भएको तस्वीर भाइरल भएको हो । तर उक्त प्रश्नपत्र गतवर्ष (२०७४)कै रहेकोे देखिएको छ ।

सुरुमा वर्ष उल्लेख नभएको प्रश्नपत्र भाइरल भएको थियो । तर पछि खोजबिन गर्दै जादा त्यो गतवर्षकै प्रश्नपत्र रहेकोे पुष्टि भएको छ । अहिले परिक्षाको विषयमा सामाजिक संजालमा अफवाह फैलाउने तत्वहरु धेरै रहेकोले त्यसतर्फ सचेत रहन राष्ट्रिय परिक्षा बोर्ड तथा परिक्षा समन्वय समितिले आग्रह गरेको छ । यस्तो अफवाहले विद्यार्थीमा मनोबैज्ञानिक असर पर्ने भएकोले सबैलाई सचेत हुन तथा संयमाताअ अपनाउन आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here