समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनी आईपीएलको १२ औं संस्करणमा शानदार फर्ममा छन् । ३७ वर्षीय धोनीलाई रन बनाउन रोक्न बलरलाई मुस्किल नै छ । धोनीले आईपीएल इतिहासमा दुई सय छक्का पूरा गर्ने पहिलो भारतीय खेलाडी बनेका छन् ।

उनी आईपीएलमा सर्वाधिक छक्का हान्ने सुचिको तेस्रो नम्बरमा छन् । रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्धको खेलमा धोनीले शानदार प्रदर्शन गरे । उनले ४८ बलमा नटआउट ८४ रन बनाए । धोनीले आफ्नो पारीमा ५ चौका र ६ छक्का हाने । उनले आईपीएल इतिहासमा २०३ छक्का प्रहार गरेका छन् ।

सर्वाधिक छक्का प्रहार गर्ने सुचिको शीर्षस्थानमा क्रिस गेल रहेका छन् । उनले ३२३ छक्का हानेका छन् । त्यस्तै २०४ छक्कासहित सुचिको दोस्रो स्थानमा एबी डिविलियर्स रहन सफल भएका छन् ।

आईपीएलमा सर्वाधिक छक्का

१. क्रिस गेल, 120 पारी – ३२३ छक्का
२. एबी डिविलियर्स, १३८ पारी – २०४ छक्का
३. महेन्द्रसिंह धोनी, १६५ पारी – २०३ छक्का
४. रोहित शर्मा, १७७ पारी – १९० छक्का
५. सुरेश रैना, १८२ पारी – १९० छक्का
६. विराट कोहली, १६५ पारी – १८६ छक्का

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here