समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, २९ माघ ।

अवकास प्राप्त कर्मचारीलाई बिदाई गर्नु पर्ने लगायतका माग राख्दै जानकी आँखा अस्पताल जनकपुरधामका कर्मचारीहरु विगत दुई सातादेखि हातमा कालो पट्टी बाधेर काम गरिरहेका छन् ।
अवकास प्राप्त भइसकेका कामु प्रशासक रामनरेश पाण्डेलाई बिदाई गर्नु पर्ने लगायतको २१ बुँदे माग राख्दै माघ १० गतेदेखि अस्पतालका कर्मचारीहरु हातमा कालो पट्टी बाधेर काम गरिरहेका छन् ।
यस अघि कर्मचारीहरुले पुष ८ गते मेडिकल डाइरेक्टर डा. हेमचन्द्र झालाई ज्ञापन पत्र बुझाएका थिए । कामु प्रशासक पाण्डे असार ५ गते मै अवकास प्राप्त भइसकेको भए पनि राजनीतिक हस्तक्षेप गरि कार्य लम्ब्याउने प्रयास भइरहेको अस्पतालका कर्मचारीहरुले बताएका छन् ।
राजनैतिक संरक्षणमा अवकास प्राप्त कर्मचारीको म्याद थप्ने प्रयास भइरहेको र यसमा अस्पताल प्रमुखको पनि संलग्नता देखिएकोले माग पुरा नभए कडा संघर्षमा जाने आन्दोलनरत्त कर्मचारीहरुले बताएका छन् ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here