समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


प्रभाकर साह

सिड्नी, २४ पुस ।

नेपालबाट उच्च शिक्षाका लागि अष्ट्रेलिया आएका दाेस्राे पुस्ताका नेपालीहरु माझ चर्चित नाम हाे, अरुण कुमार ठाकुर । करिब ११ वर्ष पहिले सिड्नी आएका ठाकुर सुरुवात देखि नै समाजिक क्षेत्रमा आफ्नाे सक्रियता देखाएपछि उनि नेपाली समुदाय माझ परिचित बनेका थिए ।

सिड्नीकाे संघर्षपुर्ण दैनिकीमा पनि परिवारिक र व्यवसायीक संगसंगै समाजिक जिवनलाई पनि सन्तुलित बनाउन सफल भएकाेले नै ठाकुर नेपाली समुदाय माझ लाेकप्रिय बने ।

उनकाे समाजिक कार्यमा सक्रियताकाे सुरुवात भने नेपालबाटै भएकाे थियाे । सर्लाहीकाे रामनगर बहुअर्बामा पिता रामबाबु ठाकुर र माता मिथिलेश देवीकाे जेष्ठ सुपुत्रकाे रुपमा जन्मेका अरुण ठाकुर सानै देखिकाे सामाजिक सक्रितालाई सिड्नीमा निरन्तरता दिएकाे हाे । ‘समाजसेवामा सुरुवातकाे बारे ठ्याकै याद नभएपनि स्कुल जिवन देखि नै हरेक क्रियाकलापमा सधै सक्रिय रहेकाे उनि सम्झिन्छन् ।

गाउकाे युवा क्लब र स्थानिय संघसंस्थामा सक्रिय रहदै आएका उनि बढ्दाे उमेर र अनुभवसंगै अष्ट्रेलियामा नेपालीहरुकाे अभिभावकत्वकाे भुमिका निभाइ रहेका छन् ।

सन् २०११ देखि २०१३ सम्म गैरअावासिय नेपाली, अष्ट्रेलियाका कार्यसमिति सदस्य बन्न सफल ठाकुर अन्तराष्ट्रिय नेपाली समाज अष्ट्रेलियाका उपाध्यक्षकाे कार्यभार पनि निभाइसकेका छन् । त्यस्तै सिड्नीमा रहेका मधेशीहरुलाई एकिकृत गर्न एशाेशिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया एन्टा गठनमा महत्वपुर्ण भुमिका निभाएका उनि यस संस्थाकाे उपाध्यक्ष हुदै वर्तमान अध्यक्षकाे भुमिकामा रहेका छन् ।

उनकै संलग्नतामा एन्टाले मधेशमा प्रकृतिक प्रकाेपकाे समयमा राहत संकलन गरेर सहयाेग गरेकाे थियाे । त्यस्तै मैथिली परम्परा र संस्कृतिलाई अष्ट्रेलियामा प्रबर्धन गर्न पनि उनकाे विशेष भुमिका रहेकाे छ ।

करिब १ दर्जन संघसंस्थामा सक्रियताकाे अनुभवले परिपक्क अरुण ठाकुर अहिले नेपाली विद्यार्थीहरुलाई हरेक किसीमकाे सहयाेग गरेर अभिभावककाे भुमिका निर्वाह गरिरहेका हुन्। काम, कलेज र काेठाभाडाकाे संघर्षपुर्ण भाेगाइले थकित नेपाली विद्यार्थीहरुलाई उनले मार्गनिर्देश मात्रै हाेईन भावनात्मक र अार्थिक सहयाेग गरेर सफल अभिभावकत्व निभाईरहेका छन् ।

सर्लाही देखि सिड्नी सम्मकाे यात्रामा समाजिक कर्तव्य निर्बाह गर्न कहिलै पछि नहटेका अरुण ठाकुर १०० हिराेज अफ मधेशका मनाेनयमा पनि परेका छन् ।

मधेशी पत्रकार समाजले आ-आफ्नो क्षेत्रमा विशेष याेगदान पुर्याएका विश्वभरिका १०० जना उत्कृष्ट व्यक्तित्वलाई हिराेज अफ मधेशकाे उपाधिले सम्मानित गर्दैछ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here