समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरटाईम्स डेस्क

जनकपुरधाम, २७ फागुन ।

एजेन्सी- भारतको उत्तर प्रदेशमा एक अविवाहित गर्भवती महिलाले युट्‍युब भिडियो हेरेर शिशु जन्माउने कोसिश गर्दा आमा-छोराको मृत्यु भएको छ।

ती गर्भवती महिलाले युट्युब भिडियो हेरेर शिशु जन्माउने कोशिस गरिरहेकी थिइन्। तर उक्त दौरानमा धेरै रगत बगेर जाँदा आमा र शिशुको मृत्यु भएको भारतीय सञ्चार माध्‍यमले जनाएको छ।

घर मालिक र भाडामा बस्‍नेहरुले ती महिलाको कोठाबाट रगत बगेको देखेपछि प्रहरीलाई खखबर गरेका थिए। प्रहरी त्‍यहा पुगेपछि उनीहरुको मृत्यु भइसकेको थियो। कोठाबाट प्रहरीले मोबाइल भेटियो जसमा प्रशवको भिडियो चलिरहेको थियो।

प्रहरीका अनुसार ती युवती बहराइचको स्थायी र चारदिन पहिले गोरखपुरको केन्ट क्षेत्रमा रवि उपाध्‍यायको घरमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन्।
युवतीले घरमालिकलाई केही दिनमै उसको आमा कोठामा आइरहेको बताएकी थिइन्।

प्रहरीका अनुसार ती अविवाहित युवती आफूले गर्भपतन गराउन नचाहेको र केही दिन अघिमात्रै समाजको डरका कारण बहराइचदेखि गोरखपुर आएर भाडामा बस्न थालेकी थिइन्।

युवतीको प्रेमीविरुद्ध कारबाहीको तयारी


प्रहरीले भेटाएको युवतीको मोबाइलबाट उसको परिवारको नम्बर पत्ता लगाएका थिए। जसको युवतीको प्रेमीको नम्बर पत्ता लगाएको थियो। त्‍यसपछि प्रहरीले युवतीको प्रेमीमाथि कारबाहीको तयारी गरेको छ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here