समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


राजकरण महतो

महोत्तरी । हरेक राती नौं बर्षीया बालिका रञ्जीता कापर सडक बत्तिको प्रकाशमा भविष्य खोज्छिन् । नजिकैबाट सयौं बटुवाहरु आउजाउ गर्छन् । सडक किनारको पोलमा बालिरहेको बत्तिको उज्यालोमा उनको ध्यान किताबमा हुन्छ ।

बालापनमै आमाको काँख गुमाएकी रञ्जीताको पढेर ‘मास्टरनी’ बन्ने सपना छ । असल मान्छे बन्ने उनको त्यो चाहनाले प्रत्येक राती तानेर उनलाई सडक छेउको बत्तिमा ल्याइपु¥याउँछ । सडकमै फ्याँकिएको बोरा, कुट ओछ्याएर क, ख, ग लेखिछिन् र पढ्छिन्,रञ्जीता ।

उनको घर महोत्तरीको औरही नगरपालिका—२ औरहीमा पर्छ । तर, उनी हाल बर्दिबास नगरपालिका—१ को सडक किनारमा वुवा मदन कापरसंग बस्दै आइरहेकी छन् । उनका वुवा मदन कवाड बटुलेर गुजारा चलाउछन् ।

रञ्जीता स्थानीय राष्ट्रिय अधारभुत विद्यलायल बर्दिबासको कक्षा १ मा पढ्छिन् । तर, उनको थोत्रो झोलामा बोडिङ्ग स्कूलको कक्षा तीनमा पढ्ने पुरान किताब छन् । उनी ती किताबहरु कवाडबाट संकलन गरेर स्कूल जानछिन् । तर, उनको नाम स्कूलमा जन्मदर्ता अभावमा लेखिएको छैन । वुवाको नागरिकता हराएकोले उनले जन्मदर्ता पाउन नसकेकी हुन् ।

पूर्व—पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास चोकबाट रक्षा ज्वेलर्स हुर्दै चार सय मिटर दक्षिण बर्दिबास बजार जाने बाटोको पश्चिम पट्टीको पेटीमा रञ्जीता बस्दै आएकी छिन् । रञ्जीताको न खाने ठेगान छ, न बस्ने घर , न त कोही आफ्न्त नै । कहिले भोजभतेरमा, कहिले होटलमा, त मागेर छाँक टार्दैआइरहेका छन् ।

फालिएका पानीका बोतल, कुट बटुल छन्, उनका वुवा मदन । नजिकैको भिखारी चौधरीको कवाडमा बिक्री गर्छन् । सडकसंग टाँसिएरै भिखारीको कवाड छ । कवाडको गेटको उत्तरतिर रंञ्जीता आफ्ना वुवा मदनसंगै बस्दैं आएका छन् ।

मदन मुश्किलले दिनभरी पसिना बगाउँदा उनले चार—पाँच सय कमाउँछन् । आम्दानी बचाउनु त कहाँ हो कहाँ भट्टीमा पसेर सबै सिद्धयाउँछन् । साँझै मदिराले लठिन्छन् । कवाड अगाडी कहिले मदन भुइमै त कहिले बाटोघाटोमै जाँडले मातिएर सुत्छन् ।

दिन त जसो तसो पढेर खेलेर रञ्जीता विताइहाछिन् ।तर, उनका लागि प्रत्येक रात डरमर्दो हुन्छ । जब रात पर्छ उनलाई बाँच्न कठिन हुन्छ । मध्यरातमा बरबराउँदै बाटोमा हिड्ने ट्यापे, जडियासंग उनी एकदमै डराउँछिन् । होस् गुमाएका ती कुपात्रहरुले लैजाने हुन किने कि भन्ने संत्रासमा बाँच्छिन् ।

आज राती बाँचे, विहानीसंगै पढेर मास्टरनी(शिक्षिका)बनेर छाँड्ने सपनालाई उनी पछियाउँछिन् । डरमर्दो रात कतिखेर बित्ने र सूर्यको लालीसहितको विहानीको उज्यालो कतिखेर हुन्छ भन्ने प्रतिक्षामा रञ्जीता हुन्छिनन् ।

अरुलाई स्कूल गइरहेको देखेर उनी ढेड महिना अघि आफै स्कूल आएको आएकी राष्ट्रिय अधारभुत विद्यलाय बर्दिबासका प्रधानाध्यापक शिवविक्रम थापा बताउँछन् ।

हिउँदो होस् या त बर्खा नौं बर्षीय रञ्जीता र उनका वुवा मदनको बास सडक पेटी नै रहन्छ । दशक अघिदेखी सडक किनारको पेटीको खुल्ला आकाशमा रात काट्दैं आइरहेकी रञ्जीताले गत बर्ष आमा कल्पणा कारप(मुसहर)लाई गुमाइन् । न्यानो ओड्ने ओच्छ्याने अभावमा उनकी आमा कल्पण विरामी भइन् । मदनले उपचार गराए तर बाँचिनन् । मदन गरिवीको दलदलमा यसरी फसेर पिरोलिएका छन् । श्रीमतिलाई दाहसंस्कार गराउन कात्रो र जलाउने दाउरो किन्ने गोजीमा उनीसंग पैसा भएन ।

रञ्जीताकी १२ बर्षीया साथी जाविर दर्जी आलम भन्छन्, ‘एक बर्ष अघि रञ्जीताको आमा बितिन् । उनका बुवाले खोलामा लगेर गाडे । शव कुकुर—स्यालले उखेलेर खाए।’

मदनको पहिलो विवाह धनुषाको बटेश्वरकी शान्ति कापरसंग भएको थियो । विवाह भएको दुई महिनामै शान्ति गाउँकै मुसहर समुदायका युवकसंग कुलेलाम ठोकिन् । फर्काउन मदन गए । तर, उनलाई शान्तिका प्रेमी पक्षकाले रुखमा बाँधेर निर्घात कुटपीट गरे । मदनले पछी गाउँकै मुसहर जातकी कल्पणा मुसहरलाई विवाह गरे । शान्तिसंग बुवाआमाले खोजेर विवाह गराइदिनु भन्दा पहिलेदेखी नै कल्पणा —मदनले एक अर्कालाई प्रेम गर्थे । तर, त्यो समयमा आज जस्तो आफुले मन पराएकोसंग विवाह गर्ने त के कुरा पनि गर्न पाइदैन्थ्यो । जसले अन्तरजाती विवाह गर्थे उनले समाजबाट ठूलो सजाइ भोग्नु पर्थ्योे ।

यता, औरही नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष विनोद पजियारले मदनको नागरिकता प्रतिलिपी बनाउन र छोराछोरीको जन्मदर्ता बनाउन कुनै समस्या नरेहको बताए ।‘कार्यालयमा आउस् हामी आधार प्रमाण जुठाएर उहाँको समस्या समाधान गर्छौं ।

साभार : द पब्लिक टुडे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here