रावणवध कार्यक्रम । तस्बिर : न्यामिक यादब / जनकपुरटाईम्स

जनकपुरधाम । विजय दशमीको अन्तिम दिन आज मंगलबार साँझ रावणस्वरुपी प्रतिमा निर्माण गरी रावणवध कार्यक्रमको आयोजना गरिएको हो। साथै विजया दशमीको अवसरमा प्रतिकात्मक रुपमा लंकादहनसमेत गरिएको हाे।

रावणवध कार्यक्रम , लंकादहन । तस्बिर : बुधेश्वर रजक / जनकपुरटाईम्स

१४ वर्षको वनवासपछि रावणसँग युद्धमा भगवान रामले असत्यमाथि विजय प्राप्त गरेको आस्था रहेकाेले खुसीयालीमा जनकपुरमा रावणवध कार्यक्रम प्रतेक बर्ष आयोजना गरिन्छ । स्थानीय महावीर युवा कमिटीको पहलमा पछिल्लो ६ वर्षदेखि रावणवध कार्यक्रम भइरहेको छ भने यस वर्ष पहिलो चाेटि लंकादहन कार्यक्रम गरिएको हो।

रावणवध कार्यक्रम । तस्बिर : बुधेश्वर रजक / जनकपुरटाईम्स

जनकपुरकाे गंगासागर र धनुषसागर पोखरीको बीचमा रहेकाे पुलमा हरेक वर्ष यो कार्यक्रम हुँदै आइरहेको रावणवध कार्यक्रम अवधिभर सुरक्षा व्यवस्था कडा पारिएको थियो।

रावणवध कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले भगवान रामको जीवन संघर्षका साथ अगाडि बढेको स्मरण गराउँदै संघर्षपछिको फल मिठो हुनेगरेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here