जनकपुरधाम। प्रदेश २ का सभामुख सराजकुमार यादवले घर जान नपाएका कर्मचारीसँग दशैँ मनाएका छन् । सभामुख यादवले घर जान नपाएका मर्यादापालक तथा सुरक्षाकर्मीलाई आफ्नो निवासमा टीका तथा जमरा लगाएर दसैँ मनाएका हुन् ।

सभामुख यादवले काम र कर्तव्यको कारण मर्यादापालक तथा प्रहरीहरु दसैँ मनाउन घर जान नसकेकाले आफूले नै टीका जमरा लगाएर दसैँ मनाएको बताए ।

हिन्दु धर्मालम्बीहरुका महान् चार्ड बडा दशैँको आज दशमीको दिन सबै नेपालीले मनाएका छन् ।

Avatar
हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here