जनकपुरधाम । महोत्तरीको लोहरपट्टीबाट कौडा खेलाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लोहरपट्टी ५ बस्ने अन्दाजी ५८ को बिल्टु शर्मा र औरही नगरपालिका १ बस्ने अन्दाजी बर्ष ३० को मण्डल रहेको छ ।

निजहरुलाई कौडी जुवा खेलाउने क्रममा जनकपुरबाट खटिएको प्रदेश प्रहरी ब्युरोले पक्राउ गरेको छ ।

उनीहरुको साथबाट कौडा, तास सहित भारतीय ४ हजार ८ सय ५० रुपैया समेत बरामद गरेको छ । पक्राउ परेकाहरुबाट भारतीय रुपैया सहित नेपाली रुपैया ६७ हजार १ सय ३० र एनसिसि बैंकको ३० हजारको काटिएको चेक समेत बरामद गरिएको प्रदेश प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाइ थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय लोहरपट्टीवमहोत्तरीमा राखिएको छ ।

.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here