जनकपुरधाम । जनकपुरस्थित राजदेवी मन्दिरमा १४ हजार ६ सय ६३ बोकाको बली दिइएको छ । आइतबार साँझ ८ बजे पछि सुरु भएको बली बिहान साढे ३ बजेसम्म चलेको थियो । 

महाअष्टिमाको साँझ राजदेवीमा बोका बली दिने परम्परा छ । आइतबार दिउँसोदेखि नै जनकपुरमा बलि चढाउनेको भिड लागेको थियो ।

राजदेवी मन्दिरमा बोकाको बली दिन ४ ठेहा तोकिएको थियो । बलि दिन करिब ५ सय स्वयंसेवक परिचालन भएका थिए । बली चढाइएको बोका खुला रुपमा लिएर जाँदा राति जनकपुरको सडक बोकाको रगतले लत्पतिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here