काठमाडौं । १३ दिनमा काठमाडौं उपत्यका छाडेर जानेहरुको संख्या करिब २४ लाख पुगेको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार दशैंको समयमा २३ लाख ८४ हजार ९ सय ३१ जना यात्रु राजधानीबाट बाहिरिएका छन् । सोही अवधिमा १० लाख ४६ हजार उपत्यका भित्रिएका छन् ।

यो अवधिमा २ लाख ६१ हजार ६ सय २८ वटा सवारीसाधान विभिन्न नाका भएर बाहिरिएका छन् भने १ लाख ७७ हजार ७६ वटा सवारी भित्रिएका छन् ।

यसपटकको दशैंमा १ लाख ५० हजार ७ सय ८३ यात्रुले अग्रिम टिकट बुकिङ गराएका थिए ।

यो अवधिमा यात्रुबाट अग्रिम बुकिङको टिकट नपाइएको, टिकटमा गाडी नम्बर र चढ्ने गाडी नम्बर परेको, सिट नम्बर उल्लेख नभएको जस्ता गुनासा प्रहरीमा प्राप्त भए ।

यात्रुबाट भाडा बढी लिएको, टिकट काटेका यात्रुलाई नलिइ गएकादेखि नागढुंगा सडकखण्डको जामसम्मका गुनासा गरिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here