काठमाडौं । जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष डा. मनोजकुमार झाले विद्यमान राजनीतिक अवस्थाप्रति चिन्तित हुँदै केही गम्भिर प्रश्न उठाएका छन् । अध्यक्ष झाले वर्तमान सरकारलाई आफ्ना धारणा प्रष्ट पार्न माग पनि गरेका छन् ।

उनले नेपाल सरकार आफैले घोषणा गरेको आफनो लक्ष्य “सुखी नेपाली समृद्ध नेपाल“ तिर साँच्चिकै अग्रसर छ त ? भन्ने प्रश्न गर्दै हामी साँच्चिकै कता जाँदैछौं त ? भन्ने प्रश्नको उत्तर पनि खोजेका छन् ।

हाम्रो राष्ट्रिय पहिचान के हो भनेर राज्य सञ्चालकसँग जवाफ माग गरेका अध्यक्ष झाले भ्रष्टाचारको विरोध गर्दा अपराधी जस्तै हुनुपरेको अनुभव बताउँदै वर्तमान परिवेशमा नेपाली भूमिमा भिन्नमत राख्नु नै संवैधानिक एवं कानुनी अधिकार भएको जनाएका छन् । उनले आफ्नो धर्म, संस्कृति, इतिहास, परम्पराको संरक्षण, सम्बर्धन, प्रचारप्रसार गर्नु अपराध नभइ आफ्नो कत्र्तव्य भएको धारणा पनि व्यक्त गरेका छन् ।

सरकारको बिरोध गर्ने अधिकार वर्तमान संविधानले दिएको भन्दै अध्यक्ष झाले राष्ट्रपति, उपराष्टपति, न्यायलय, नेपाली सेना दलगत दवाव र स्वार्थमा फस्दै राजनीतिक भागबन्डाका प्रतिनिधि पात्र मात्र भएको तर्क अघि सार्दै उनीहरुको शासनशैली र प्रवृत्तिमाथि पनि प्रश्न उठाएका छन् ।

अध्यक्ष झाले राज्य सञ्चालकले जवाफ दिनु पर्ने भन्दै २७ बुँदे प्रश्न सार्वजनिक गरेका छन् । उनले देश र जनताका लागि प्रत्येक नागरिकले केही न केही गरेमा देश विकास सम्भव छ भन्दै सबै नेपाली एकजुट हुन पनि आग्रह गरेका छन् । नेपालीहरु सबै एकजुट भएर अघि बढेमा देशले काँचुली फेर्न सक्ने बताउँदै अब साँच्चिकै “सुखी नेपाली समृद्ध नेपाल“ बनाउँन सबै जुट्नुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here