जनकपुरधाम । सहिद सुर्यनाथ राण यादवको ३४ औं स्मृती दिवस धनुषाको सहिदनगरमा भब्यताका साथ मनाइएको छ ।

धनुषाको सहिदनगर नगरपालिका वडा नं ८ स्थित डुमरिया चौकमा रहेको सहिद सुर्यनाथ यादवको सालिकमा संघीय सरकारका शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराज मणि पोखरेल फुलमाला अर्पण गरि ३४ औं स्मृति दिवस मानएको हो ।

सहिद सुर्यनाथा यादवको स्मृती दिवसको अबसरमा आयोजित कार्यक्रमको प्रमुख अतिथि नेकपा नेता तथा संघीय सरकारका शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराज मनी पोखरेल रहेका थिए । नेकपा प्रदेश नम्बर २ का सह इन्चार्ज विश्वनाथ साहको अध्यक्षतामा सञ्चालन गरिएको थियो ।

शनिवार धनुषाको सहिदनगर नगरपालिकाको डुमरिया चौकमा आयोजित सुर्यनाथ यादवको ३४ औं स्मृति सभामा पार्टीका केन्द्रिय सदस्य धनुषा जिल्ला इन्चार्ज श्रवण बरबरिया यादव विशिष्ट अतिथी रहेको थियो भने अथितिहरुको रूपमा पार्टी केन्द्रीय सदस्य योगनारायण यादव , रत्नेशवोर लाल गोइत, रामकुमार यादव , अविनाश साह, रामचन्द्र मण्डल रहेका थिए ।

सहिद सुर्यनाथ यादव बामपंथी आन्दोलनको एउटा सशक्त योद्धा,पञ्चायती व्यवस्थाविरुद्ध लामो समय भुमिगत रहेर राजनीतिमा सक्रिय रही कम्युनिष्ट आन्दोलनलाई अमुल्य योगदान दिएका थिए उनलाई २०४२ साल असोज ४ गते सिराहा जेलबाट लगेर उदयपुरको बेलटारमा राज्यपक्ष द्वारा हत्या गरेको थियो । तत्कालीन माओवादी समर्थनमा बनेका केपि ओलि नेतृत्वको सरकारले उनलाई राष्ट्रिय सहिद घोषणा गरेको थियो

स्मृति सभामा स्वागत मन्तव्य राख्दै नगर प्रमुख उदय कुमार बरबरियाले भने “कतिपय समुदायका व्यक्तिहरु अझैपनि शिक्षावाट बन्चित भएका छन् । अशिक्षाको कारणले गर्दा अहिले नगरपालिका युवाहरु बिदेशीन बाध्य भएका छन् । अशिक्षाको कारणले गर्दा आम नेपालीहरु पराइ भूमिमा रातदिन पसिना बगाउन बाध्य भएका छन् । कति नेपालीहरु आफ्नो ज्यान पनि गुमाईरहेका छन् । अशिक्षाको कारणले गर्दा र नेपालमा बेरोजगार भएपछि एउटा सुन्दर सपना बोकेर विदेशिने नेपालीहरु बाकसमा लास भएर नेपाल फर्किन परेका छन् । कति घरवारविहीन भएका छन् ” शैक्षिक अवस्था सुधार्न र बालबालिका शिक्षा बंञ्चित हुनु नपरोस् भनेर हामी १ वर्षमा दुईवटा प्राविधिक बिधालय स्थापना गर्न सफल भएका छौं त्यसका लागि शिक्षा मन्त्री गिरिराज मणि पोखरेललाई धन्यवाद ज्ञापन गरे ।


एउटा व्यक्तिदेखि लिएर समाज, समुदाय, राष्ट्रलाई पनि सुधार्नलाई शिक्षा आबश्यक छ । एउटा असल व्यक्ति, असल परिवार, असल समाज, असल समुदाय र असल राष्ट्र बनाउनलाई शिक्षा आबश्यकता रहेका औल्याए ।

उनले थपे “हरेक दिन गगनका तारा झरेर अनि सूर्यको प्रकाशको पदार्पण सहित मान्छेले आफ्नो दैनीकि शुरु गरेजस्तै मुलुक बन्नकालागि पनि हरेक एतिहासिक कालखण्डमा वीर सपूतहरुको वलिदान रहेको छ । आज तिनै सपुतहरुको मध्ये एक हुन सहिद सुर्यनाथ यादव” ।

Avatar
हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here