जनकपुरधाम । कमला बचाउ अभियान अन्तर्गत कमला नगरपालिकाको वडा नं. ७ हथमुन्डाको रामजानकी मन्दीरको प्राङ्गणमा बृक्षारोपण गरिएको छ ।

कमला नगरपालिकाका मेयर रामउदगार गोईतको अध्यक्षता एवम् प्रमुख अतिथि नीति आयोग प्रदेश न.२ का उपाध्यक्ष प्रा.डा.भोगेन्द्र झाको बिशिस्ट आतिथ्यतामा तथा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाको सहभागितामा बृक्षारोपण गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि निति आयोगका उपाध्यक्ष कमलालाई नदीको रुपमा नभई हाम्रो मानव सभ्यताको रुपमा हेर्न अनुरोध गरे । उनले कमलाको इतिहास बारे समेत चर्चा गरे ।

त्यस्तै बिशिष्ठ अतिथि शहिदनगर नगरपालिकाका मेयर बरबरियाले सर्वप्रथम हामी कमला अभियानी हौ यस कार्यक्रममा आफु कुनै पार्टीको प्रतिनिधि नभइ अभियानीको रुपमा छौ कमला अभियानमा हामी साथ छौ, कमला बचाउ अभियानमा स्थानीय तहबाट हुन सक्ने काममा कदापि पछाडि नहट्ने प्रतिबद्धताका साथ साथै कमला भेगमा पर्ने सम्पुर्ण नगरपालिकाका नगर प्रमुखहरुसंग समन्वय गरेर अगाडी बढ्ने बताए ।

उनले आफु केन्द्रिय सरकारलाई पटक पटक कोशी, कमला डाईभर्सन र चुरे संरक्षणको पहल गरेको छु, अबको केही दिनमै प्रधानमन्त्री केपि शर्मा ओलीसँग भेटेर कमला बचाउ अभियानको लागि पहल गर्ने प्रतिबद्धता जाहेर गरे ।

त्यसैगरी कमला नगरपालिकाका मेयर गोइतले “आफू पनि यस अभियानलाई पुर्ण रुपले आत्मसात गर्दै आगाडी बढने बताए । सम्पूर्ण वडा अध्यक्ष सदस्यीय आफनो ठाउँबाट कटिबद्ध भएर साथ दिए मात्र अभियान सफल हुने बताए ।

यस्तै कमला अभियानका संयोजक बिक्रम यादव भने कमला बचाउ, भुमि बन्जर हुनबाट बचाउ, पर्यावरण जोगाउनु, चुरेलाई पनि बचाउनु पर्छ कमलाको वरिपरिमा बृक्षा रोपन गरेमा सजिलै तटबन्ध पनि वायु प्रदुषण न्यूनीकरण हुने जिकिर गरे ।

कार्यक्रममा अभियानको सल्लाहकार अभियता बन अधिकृत सुरेस शर्मा, वडा अध्यक्ष तपेस्वर यादव, वडा अध्यक्ष समसुल मिया, कमला अभियानि बिनोद महरा, सुरेन्द्र यादव, राजकिशोर सल्हैता, श्याम सिंह, रुपेश बिराजी, रिजवान अनसारी लगायत किसान, विभिन्न वडाका वडा सदस्य, बुद्धिजिवीहरुको उपस्थित रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here