जनकपुरधाम । डे‌ंगुबाट बच्न तथा सचेत रहन ¥याली निकालिएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा डेंगु रोकथामको लागि सचेत होस् भनी क्षीरेश्वरनाथ नगरपालिका र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको संयुक्त पहलमा ¥याली निकालिएको हो ।

¥यालीमा डेंगु रोकथाम सम्बन्धि लेखिएको प्लेकार्ड पनि महेन्द्रनगर बजार क्षेत्रमा प्रदर्शन गरिएको थियो । अहिलेको समयमा मुलुकभरी डेङ्गको संक्रमण चलेको बेला क्षीरेश्वरनाथ नगरपालिका बासीलाई सचेत गराउन ¥याली निकालिएको नगरपालिकाकी उपप्रमुख रचना श्रेष्ठ माथेला बताएका छन् । उपप्रमुख श्रेष्ठले डेङ्गुको प्रकोप सभ्भावित क्षेत्रमा नगरपालिकाले निरिक्षण थाल्ने निर्णय गरिसकेको बताए । सम्भावित क्षेत्रमा निरक्षण सक्दै औषधी समेत छर्कने कार्य समेत चाँडै हुने श्रेष्ठले बताएका छन् ।

उपप्रमुख श्रेष्ठले ¥यालीमा सहभागिहरुलाई ङ्गेगु संक्रमण बारे बुझेका कुराहरु घर परिवार तथा छरछिमेकमा पनि जानकारी गराउन आग्रह गरे ।

त्यस्तै इलाका प्रहरी कर्यालयका प्रहरी निरिक्षक दहालले समुदाय प्रहरी साझेदारी कार्यक्रम शान्तिपुर्ण एंव सुरक्षित समाजका लागी रहेकोले डेङ्गु नियन्त्रण लगायत अन्य कार्यक्रमहरुमा पनि हाम्रो नियमित सहभागिता रहने बताए ।

बुधबार निकालिएको ¥यालीमा प्रमुख प्रशासकिय अधिकृत उमेशलाल कर्ण, इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक अमिर दहाल, दुधमती यूवा कलवका अध्यक्ष सतिश झा, सशस्त्र प्रहरी, दशर्निया, ज्ञानमन्दिर लगायतका विद्यालयहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here