जनकपुरधाम । विद्यार्थीहरुलाई पढाई सँगै खेलकुदमा प्रेरित गर्ने र खेलकुदको माध्यमबाट पनि नगरपालिका चिनाउने लक्ष्यका साथ सहिद नगरपालिकाका प्रमुख उदय कुमार बरबरियाले नगरका विद्यार्थीहरुलाई लक्षीत गरि खेलकुद सामग्री वितरण गरिएको छ।

नगरपालिकाको सवै वडामा प्रशस्त खेलमैदान भएता पनी खेलकुदका आवश्यक सामाग्री नहुँदा उक्त क्षेत्रका खेल प्रेमी विद्यार्थीलाई असहज भएको थियो । अब खेल प्रेमी बिद्यार्थी खेल सामग्रीका कारण खेलकुद बाट वञ्चित हुन नदिने बताए ।

शहिदनगर नगरपालिकामा पर्ने करिब २ दर्जन बिधालय लगायत मर्दसामा खेलकुदको लागि विद्यार्थीहरुलाई नगर प्रमुख उदय कुमार बरबरिया यादवले खेलकुद सामग्री वितरण गरिएको छ ।

वितरण गरिएका माध्यमिक बिधालय मध्ये एस.एन.आर जनता मा.वि धवौली,मा.वि.महुलिया,जनता एकाई,मा.वि यदुकूहा, जनता अधारभुत विद्यालय पचहर्वा, आधारभुत विद्यालय हरबाडा, जनता अधारभुत वि.नाथपट्टी बिसरभोरा , रा.आ.वि.यदुकूहा , जनता अधारभुत विद्यालय कुम्भकरणमा,रा.प्रा.वि रामनगर लक्षमीपुर, रा.प्रा.वि बेमरखी खाल, आधारभुत विद्यालय सुन्दरपुर , सुनरैत प्रा.वि.चिरैया, तिलक आधारभुत विद्यालय चोराकोयलपुर, दलित जनता रा.प्रा.वि चोराकोयलपुर, रा.प्रावि मतौना ,कृष्ण रा.प्रा.वि कमलपुर, विष्णु रा.प्रा.वि यदुकूहा , मर्दसा हनफीया गौसिया बतकतिया, मर्दसा दारुस्लाम अलसलफिया, रा.प्रा.वि ननुपट्टी, हनुमान रा.प्रा.वि हौवाही, बिलट किशुन प्रगतिशील रा.प्रा.वि हट्ठीपुर, रा.प्रा.वि धवौली, आधारभुत विद्यालय निमुवाटोल, रा.प्रा.वि यादवटोल धवौली, राष्ट्रिय अधारभुत वि.डुमरीया, रा.प्रा.वि गोठकोयलपुर नयाँ र रा.प्रा.वि गोठकोयलपुर विद्यालयहरुमा खेलकुदका सामग्री सहित प्रत्येक विधालयमा एक एक थान दराज वितरण गरेका छन् ।

नगरपालिका भित्रका सबै बिधालयबाट शिक्षकलाई नगरपालिकाको कार्यालयमा बोलाएर बिद्यार्थीहरुको लागि क्रीकेट, भलिवल नेट, व्यामिटन,क्यारमबोर्ड लगायतका खेलकुदका सामाग्रीहरु वितरण गरिएको बताइएको छ ।

उक्त वितरण कार्यक्रममा नगरपालिकाका प्रमुख उदय कुमार बरबरियाले सभ्य समाज निर्माण र स्वस्थ्य शारीरिको लागि खेलकुदको आवश्यकता रहेको औंल्याउदैं भने “स्वस्थ्य र निरोगी रहनको लागि पढाइ सँगै खेलकुद आवश्यकता रहेको र खेलकुदको माध्यमबाट नगरपालिकालाई चिनाउनसकिने भन्दै नगर प्रमुखले खेलकुदलाई महत्व दिएको बताए ।

कुनै पनि कुरा सिकेर कहिल्यै अन्त्य नहुने भन्दै उहाँले नियमित पढ्न र नियमित खेलकुदमा लाग्न शिक्षक मार्फत विद्यार्थीहरुलाई आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here