जनकपुरधाम। धनुषाको एक नगरपालिकामा योजनाको विषयलाई लिएर विवाद भएको छ। आफुलाई व्यक्तिगत योजना नदिएको भन्दै गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मिना कुमारी यादवले कार्यालयमा वितण्डा मच्चाएकी छिन् । यसअघि आफुलाई गाडी उपलब्ध नगराएको भन्दै नगर कार्यपालिकाकै बैठकमा माइन्यूट च्यातेकी उपमेयर यादवले व्यक्तिगत योजनाका लागि कार्यालयमै वितण्डा मच्चाएकी हुन् ।

बुधवार गणेशमान चारनाथ नगरपालिकाको नगरसभाको बैठक डाकिएको छ । नगरसभाको पूर्वसन्ध्यामा उपमेयर यादवले आफुलाई व्यक्तिगत योजनाहरु दिनपर्ने भन्दै होहल्ला गरेकी छिन् । होहल्ला गर्दै उपमेयर यादवले मंगलबार नगरपालिकामा तालाबन्दी गर्न पुगेकी थिइन् । तर प्रहरीले कार्यालयमा तालाबन्दी गर्न दिएनन् । जर्बजस्ती तालाबन्दी गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले हस्तक्षेप गरेपछि केहिबेर तनाव सिर्जना भएको थियो ।

उपमेयरले हल्ला गर्दा मंगलबार नगरपालिकाको दैनिक कामकाज केहीबेर प्रभावित बनेको थियो । कामकाज प्रभावित हुँदा टाढा–टाढाबाट आ–आफ्ना काम गराउन नगरपालिका कार्यालय पुगेका सेवाग्राहीहरु रितै हात फर्किन बाध्य भएका थिए ।

एक सहकारी मार्फत क्यानडा भ्रमणमा जान उपमेयर यादवले नगरपालिका सँग ३० लाख रुपैया बजेट माग गरेको नगरपालिका स्रोतले जनाएको छ । त्यसका अतिरिक्त अन्य आ–आफ्ना परिवारका सदस्य तथा आसेपासेका नाममा उपमेयरले ८४ लाख रुपैयाको बजेट माग गरेकी थिईन । नगरपालिकाले सोही नदिदाँ उपमेयरले बितण्डा मच्चाएको नगरपालिका स्रोतले जनाएको छ । यसका अतिरिक्त उपमेयर यादवले नगरपालिकाबाट संघसंस्थाका नाममा समेत आफुलाई योजना दिन दबाब दिएको नगरपालिका स्रोतले जनाएको छ ।

स्रोतको अनुसार गत आर्थिक वर्षमा नगरपालिकाले उपमेयरलाई बजेट दिदाँ सबै योजना आफ्ना परिवारका सदस्यहरुलाई बाँडेका तथा उक्त योजनाहरुबाट ४० प्रतिशत सम्म कमिसन लिएको व्यापक जनगुनासो नगरपालिका सम्म पुगेको यो आर्थिक वर्षमा नगर प्रमुख रामबाबु यादव र नगरपालिकाले उपमेयर तथा मेयर कसैलाई व्यक्तिगत बजेट नदिई सबै नगरको योजनामा मात्रै मनस्थिति बनाएका छन् ।

यता नगर प्रमुख यादवले विरेन्द्रबजारमा रहेको एक साना किसान बैँक मार्फत क्यानडा भ्रमणका लागि आफुलाई बजेट विनियोजन गर्न उपप्रमुखले दबाब दिएको र कानूनले बजेट दिन नमिल्ने बताएपछि तालाबन्दी गर्न खोजेको प्रतिक्रिया दिए । उनले नगर कार्यपालिकाको बैठकमै सबै वडाध्यक्षले योजना पेश गरेको बताए । उनले नगर कार्यपालिका सदस्य २१ जना रहेकोमा १९ जनाले उपमेयरले व्यापक भ्रष्टाचारी गरिरहेकोले बजेट नदिन समर्थन जनाएको समेत जनाकारी दिए ।

उनले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले समेत उपमेयरको काम योजना अनुगमन तथा न्याययिक समितिको कार्यसम्पादनको काम मात्रै रहेको स्पष्ट पारेकोले आफुहरुले सोही अनुसार गर्न लागेको बताए ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले नगर उपप्रमुखको काम बजेट परिचालन गर्ने नभई योजनाको अनुगमन तथा न्याययिक समितिको कार्यसम्पादन गर्ने उल्लेख गरेको छ ।

यसअघि स्थानीय निर्वाचनबाट निर्वाचित भएर आएपछि उपमेयर यादवले आफुलाई गाडी उपलब्ध गराउनु पर्ने भन्दै नगर कार्यपालिकाको बैठकमै माइन्यूट च्यातेकी थिईन ।

त्यस्तै गत आर्थिक वर्षमा उपमेयरका लागि छुट्याइएको बजेटका योजनाहरु सबै आफ्ना आसेपासेका लााई बाँडेको र उक्त योजनाहरुबाट ४० प्रतिशत सम्म कमिसन लिएको व्यापक जनगुनासो उक्त नगरपालिकामा सुन्न पाईन्छ ।

यता स्रोतका अनुसार उपमेयरले व्यक्तिगत बजेट मागेर व्यापक भ्रष्टाचारी तथा कमिसन खेल गर्न लागेपछि उनकै पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले समेत नगरपालिकाको बैठकमा उनको प्रस्तावमा समर्थन गरेका छैनन भने उनको पार्टी नेकपा नगर कमिटी तथा पार्टीका स्थानीय नेताहरुले समेत उनलाई सहयोग गर्न छाडेका छन् ।

Loading...

1 COMMENT

  1. yo media le ta auta pakchha matr le khe ko xa
    sayad rambabu ko dalal rahe ko xa gat bars rambabu asepase ko bare ma ta kehi lekhe ko xain ta k ho aklauti new matr chhap xa sabai paisha khayer hola syad
    back of fucking media

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here