जनकपुरधाम । प्रदेश सभा सदस्य एवं मुख्य सचेतक शैलेन्द्र कुमार यादवले मानव जीवनको सबै भन्दा अपरिहार्य आवश्यकता शिक्षा र स्वास्थ्य प्रति प्रदेश सरकार गम्भिर रहेको बताएका छन् ।

मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत धनुषाको जनकनन्दनी गाउँपालिका वडा नं. ४ श्री माध्यमिक विद्यालय खजुरी चनहामा आयोजित साईकल वितरण कार्यक्रमका प्रमुख अतिथि सचेतक यादवले शिक्षा नितिमा सुधारको आवश्कता भएको भन्दै आजको २१ सौं सदीमा कसैले शिक्षाबाट बन्चित हुनु परे यो हाम्रो समाजको लागि पनि दुर्भाग्य हुने बताए ।

शिक्षाको कमी र चेतनाको अभावमा नै महिला हिंसा भएको बताउँदै विद्यालय देखि नै छोरीहरुलाई अझै सबल बनाउन शिक्षा प्रतिको रुझानको लागि प्रदेश सरकारले मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान ल्याएको बताए ।

आज–भोलीको टेक्निकल संसारमा गर्भमा बच्चा छोरा हो कि छोरी सहजै पता लगाएर छोरी भए भ्रूण हत्या गर्ने खबरहरु विभिन्न संचार माध्यमबाट सुनेर अत्यन्तै दुःख लागेको बताए ।

जनकनन्दनी गा.प.वडा नं. ४ का वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन का.वा.अध्यक्ष हरिश्चन्द्र कामतको अध्यक्षतामा भएको साईकल वितरण कार्यक्रमका वक्ताहरुले छोरीको शैक्षिक विकास लगायतका अन्य कार्यक्रमहरु ल्याएर प्रदेश सरकारले समाजिक रुपान्तरणको ठुलो भुमिका खेलेको बताउँदै सरकार प्रति अभार व्यक्त गरेका थिए ।

कार्यक्रममा जनकनन्दनी गाउँ पालिका वडा नं. १ का वडा अध्यक्ष धमेन्द्र गोइत, वडा नं.६ का वडा अध्यक्ष बिक्रम यादव, समाजवादी पार्टीका वडा अध्यक्ष खगेन्द्र उपाध्याय, ने.का.वडा सभापति मदन वहादुर कार्की, नेकपाका भगु पंडीत, रामपुकार साह, देवेन्द्र खिडहर, विजय यादव, समाजमावदी पार्टीका जनकनन्दनी अध्यक्ष राधेश्याम यादव लगायतका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।

उक्त विद्यालयका कक्षा ८ मा अध्ययनरत ४६ जना छात्राहरुलाई साईकल वितरण गरिएको विद्यालयका प्र.अ. हरिलाल सहनीले जानाएका छन् ।

Loading...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here