काठमाडौं । नेपाल किर्गीस्तानमा जारी ‘नादेझ्दा कप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

काराकोलस्थित सेन्ट्रल स्टेडियममा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा ताजिकिस्तानलाई १-० ले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो ।

नेपाललाई जित दिलाउन सावित्रा भण्डारीले निर्णायक गोल गरिन् । उनले खेलको ८५ मिनेटमा गोल गरेकी हुन् ।

लगातार दुई खेल जित्दै उज्वेकिस्तान यसअघि नै फाइनल पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here